२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना संक्रमितको उद्धारका लागि वीरेन्द्रनगरले ल्यायो एम्बुलेन्स सेवा

कोरोना संक्रमितको उद्धारका लागि वीरेन्द्रनगरले ल्यायो एम्बुलेन्स सेवा


सुर्खेत – कोभिड बिरामीको उद्धारका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । वीरेन्द्रनगर क्षेत्रभित्रका कोरोना संक्रमित बिरामीको उद्धारका लागि वीरेन्द्रनगरले तीन वटा एम्बुलेन्स संचालनमा ल्याएको हो ।

आइतबार नगर प्रमुखको निजी सचिवालयले निर्णय सार्वजनिक गर्दै बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म जनस्वास्थ्य कार्यालय र नगरपालिकाको एक/एकवटा एम्बुलेन्सले पालैपालो सेवा दिने जनाएको छ ।

यस्तै, रातिको समयमा जनस्वास्थ्यको थप अर्को एउटा एम्बुलेन्सले सेवा दिनेछ ।

नगर प्रमुख देवकुमार सुवेदीले कोभिडका बिरामीको उद्धार तथा उपचारमा ढिलाइ नगर्न तत्काल एम्बुलेन्स सेवा संचालनमा ल्याइएको बताए । उनका अनुसार एम्बुलेन्स छुट्नु पूर्व कोभिड पोजेटिभ भएको, लक्षणहरू भएको र अस्पतालमा बेडको एकीन स्वयं बिरामी वा कटकुवा अस्पतालको ड्यूटीको स्वास्थ्यकर्मीले गर्नुपर्नेछ ।

तर अस्पतालबाट डिस्चार्ज भएका वा कोभिड टेस्ट नगरेका बिरामी कोभिड एम्बुलेन्सले नबोक्ने बताइएको छ । एम्बुलेन्स बोलाउँदा वीरेन्द्रनगर कटकुवा कोभिड हस्पिटलको फोन नम्बरमा सम्पर्क गर्नुपर्नेछ ।

फोन सम्पर्कपछि स्वास्थ्यकर्मीले बिरामिको बारेमा बिस्तृत बुझेर मात्र एम्बुलेन्स खटाइने छ । भने जनप्रतिनिधी र कर्मचारीको सम्पर्कमा आउने बिरामीलाई समेत अवस्था हेरी तत्काल उद्धार गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ