२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यसिंगापुरले पत्ता लगायो कोभिड-१९ परीक्षण गर्ने नयाँ विधि, श्वासबाट तुरुन्त संक्रमण पहिचान गर्न सकिने

सिंगापुरले पत्ता लगायो कोभिड-१९ परीक्षण गर्ने नयाँ विधि, श्वासबाट तुरुन्त संक्रमण पहिचान गर्न सकिने


कोभिड-१९ संक्रमण पहिचान गर्नको सिंगापुरमा श्वासको परीक्षण गर्न थालिएको छ। त्यहाँको सरकारले अनुमति दिएपछि उक्त नयाँ विधिबाट परीक्षण गर्न थालिएको हो।

उक्त नयाँ विधिलाई नेशनल युनिभर्सिटीले डिजाइन गरेको हो। मलेशियाबाट जो यात्री सिंगापुरको पश्चिमी भागस्थित तुआस चेकपोष्टमा प्रवेशमा उक्त परीक्षण अनिवार्य गर्न लागिएको हो।

यदि उक्त परीक्षणमा पोजेटिभ पाइएको व्यक्तिको पिसिआर टेस्ट गरिने बताइएको छ। हालै त्यहाँको सरकारले सबै यात्रुको एन्टीजेन र्यापिड टेस्ट गरिरहेको छ। अब सो टेस्टसँगै श्वास परीक्षण पनि हुनेछ। परीक्षणको दायरा बढाउन उक्त परीक्षणले सहयोग पुग्ने विशेषज्ञको भनाई छ।

ब्रीथोनिक्स वा ब्रीथ टेस्ट त्यही ब्रीथेलाइजरजस्तो हो जुन प्रहरी मद्यपान गरी सवारी चलाउने चालकको पहिचानको लागि प्रयोग गर्दछ। माउथपिसको बल्बमा श्वास फुकेर यसको परीक्षण गरिन्छ।

मेसिनको सफ्टवयरबाट लिएको श्वासबाट संक्रमितगर्न सकिन्छ। र तुलनात्मक अध्ययन गरी केहि मिनेट मै यसले नतिजा दिन्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ