गृहपृष्ठ ∕ अन्य ∕ विवेकशील साझा पार्टीका नेता थापाको उपचार खर्च ब्यहोर्ने प्रसाईको घोषणा विवेकशील साझा पार्टीका नेता थापाको उपचार खर्च ब्यहोर्ने प्रसाईको घोषणा हेल्थ आवाज शनिबार, २०७८ जेठ १५ गते, ११:२८ मा प्रकाशित काठमाडौं-कोभिड-१९ को संक्रमणबाट गम्भीर भएर उपचार गराइरहेका विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचार खर्च झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजले व्यहोर्ने जनाएको छ । शनिबार कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले एक विज्ञप्ति जारी गर्दै कलेजले सामाजिक उत्तरदायित्वको सिद्धान्तअनुसार थापाको उपचार खर्च व्यहोर्ने जानकारी दिएका हुन् । गणतन्त्रका लागेका एक असल सामाजिक अभियन्ता तथा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उपचार खर्चका लागि समाचार आएको उल्लेख गर्दै प्रसाईले मेडिसिटी अस्पतालमा थापाको उपचारमा लाग्ने खर्च आफ्नो कलेजले ब्यहोर्ने बताएका छन् । ‘विवेकशील साझा पार्टीका अध्यक्ष श्री रवीन्द्र मिश्रले आर्थिक सहयोगका लागि आव्हान गर्नुभएको जानकारी हुन आएको र बीएण्डसी मेडिकल कलेज टिचिंग हस्पिटलको सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस भन्ने रहेकोले उपचारका क्रममा मेडिसिटी अस्पतालमा लागेको उहाँको उपचार सम्पूर्ण खर्च बीएण्डसी मेडिकल कलेज टिचिंग हस्पिटल विर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईले प्रदान गर्नु व्यहोरा अनुरोध गर्दै यहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ प्रसाईले विज्ञप्तिमा भनेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट