गृहपृष्ठ ∕ अन्य ∕ विवेकशील साझा पार्टीका नेता थापाको उपचार खर्च ब्यहोर्ने प्रसाईको घोषणा विवेकशील साझा पार्टीका नेता थापाको उपचार खर्च ब्यहोर्ने प्रसाईको घोषणा हेल्थ आवाज शनिबार, २०७८ जेठ १५ गते, ११:२८ मा प्रकाशित काठमाडौं-कोभिड-१९ को संक्रमणबाट गम्भीर भएर उपचार गराइरहेका विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचार खर्च झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजले व्यहोर्ने जनाएको छ । शनिबार कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले एक विज्ञप्ति जारी गर्दै कलेजले सामाजिक उत्तरदायित्वको सिद्धान्तअनुसार थापाको उपचार खर्च व्यहोर्ने जानकारी दिएका हुन् । गणतन्त्रका लागेका एक असल सामाजिक अभियन्ता तथा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उपचार खर्चका लागि समाचार आएको उल्लेख गर्दै प्रसाईले मेडिसिटी अस्पतालमा थापाको उपचारमा लाग्ने खर्च आफ्नो कलेजले ब्यहोर्ने बताएका छन् । ‘विवेकशील साझा पार्टीका अध्यक्ष श्री रवीन्द्र मिश्रले आर्थिक सहयोगका लागि आव्हान गर्नुभएको जानकारी हुन आएको र बीएण्डसी मेडिकल कलेज टिचिंग हस्पिटलको सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस भन्ने रहेकोले उपचारका क्रममा मेडिसिटी अस्पतालमा लागेको उहाँको उपचार सम्पूर्ण खर्च बीएण्डसी मेडिकल कलेज टिचिंग हस्पिटल विर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईले प्रदान गर्नु व्यहोरा अनुरोध गर्दै यहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ प्रसाईले विज्ञप्तिमा भनेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री