२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोभिशिल्ड खोप बेचबिखनबारे छानविन गर्न चार सदस्सीय समिति गठन

कोभिशिल्ड खोप बेचबिखनबारे छानविन गर्न चार सदस्सीय समिति गठन


जनकपुर–जनस्वास्थ्य कार्यालय पर्सा र नारायणी अस्पतालका चिकित्सकले कोभिसिल्ड खोप बेचेको चर्चा ब्यापक बनेपछि जिल्ला प्रशासन कार्यलय पर्साले छानविन थालेको छ । घटनाको विषयमा छानविन गर्न जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत अर्जुन पौडेलको संयोजकत्वमा ४ सदस्सीय छानविन समिति गठन गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्सा, नारायणी अस्पताल र जिल्ला प्रहरी कार्यालयका अधिकृत समितिका सदस्य रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका खोप प्रमुख अनिल सिंह र नारायणी अस्पतालका चिकित्सक डा. नुर देवानले वीरगंजका सभ्रान्त त्यसमा पनि समुदाय विशेषको घरमा गएर पैसा लिएर खोप लगाएको चर्चा ब्यापक बनेपछि स्थानीय प्रशासनले छानविन गर्न समिति बनाएको हो ।

जिल्ला खोप समन्वय समिति पर्साका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले खोप वितरणमा अनियमितता भएको चर्चा चलेपछि वास्तविकता पत्ता लगाउन छानविन समिति गठन गरेको बताए ।

‘खोपको अनियमितता भएको चर्चा चलेकाले वास्तविकता बुझ्न समिति गठन गरेका छौं,’ उनले भने, ‘सदस्य पठाउन सम्बन्धित कार्यालयहरुलाई पत्राचार भइसकेको छ । समितिले आवश्यक अध्ययन, अनुसन्धान अगाडि बढाइसक्यो ।’

स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले भने खोपमा अनियमितता भएको हल्लामा सत्यता नभएको दावी गरे । उनले भने, ‘जिल्ला खोप समन्वय समितिको निर्देशनअनुसार नै खोप कार्यक्रम सञ्चालन गरिएको हो ।’


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ