२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीमा ११ अर्बको लागतमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण हुने

सप्तरीमा ११ अर्बको लागतमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण हुने


जनकपुर—सप्तरीको राजविराजमा निर्माण हुने भनिएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको संरचना बनाउन ११ अर्ब रकम खर्च हुने अनुमान गरिएको छ । यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिका पदाधिकारीबीच छलफल भएको छ  ।

यस्तै, प्रतिष्ठानको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका निर्देशक डा. रञ्जितकुमार झाले बताए । प्रतिष्ठानको संरचना निर्माण गर्न हालै मात्र सरकारले राजविराज नगरपालिका–१० विरौलमा ६२ बिगाहा ३० वर्षका लागि भाडामा दिने निर्णय गरिसकेको छ ।

नगरपालिकाले सिफारिस गरेबमोजिम सरकारले जग्गा भाडामा दिएको हो । यद्यपि, जग्गा खाडो नदीको किनारमै छ । संरचना निर्माण भएपछि नदीले समस्या नगर्ने तरिकाले काम गर्नुपर्ने इन्जिनियरहरूले सुझाएका छन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रतिष्ठानका लागि बजेट छुट्याइएको भनिएपनि रकम भने तोकिएको छैन । ‘सरकारले प्रतिष्ठान निर्माणमा तदारुकता देखाए ११ अर्ब संघ सरकारका लागि धेरै बजेट होइन्,’ राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादवले भने, ‘स्थानीय स्तरबाट हुने हरेक सहयोग गर्न तयार छौं ।’


क्याटेगोरी : प्रदेश २, स्वास्थ्य शिक्षा
ट्याग : #११ अर्ब रकम, #रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ