२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ भौतिक दुरी कायम गरी परीक्षा संचालन गर्न दिइने

भौतिक दुरी कायम गरी परीक्षा संचालन गर्न दिइने


काठमाडौँ – काठमाडौँ उपत्यकामा पूर्वनिर्धारित सबै परीक्षाहरु संचालन गर्न दिइने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकले भौतिक दुरी कायम गरी परीक्षा संचालन गर्न दिने निर्णय गरेको हो।

कोभिड-१९को दोस्रो लहर सुरुभएसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न तहका परीक्षा रोकिएका थिए।

बैठकका अनुसार एउटा परीक्षा हलमा २५ जना विद्यार्थीमात्रै राख्न पाइनेछ। त्यस्तै, स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ।

यस्तै, निषेधाज्ञा भने १० दिन लम्बाएर असार ३१गतेसम्म पुर्याएको छ। भने, सर्वाजनिक साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने समेत बैठकले निर्णय गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ