२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ आजदेखि जोन्सन एण्ड जोन्सनको खोप दिइँदै, प्रधानमन्त्री देउवाले खोप केन्द्रको अवलोकन गर्ने

आजदेखि जोन्सन एण्ड जोन्सनको खोप दिइँदै, प्रधानमन्त्री देउवाले खोप केन्द्रको अवलोकन गर्ने


काठमाडौँ – देशभरका सबै केन्द्रबाट संयुक्त राज्य अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध जोन्सन एण्ड जोन्सनको खोप अभियान सुरु भएको छ।  उक्त खोप कार्यक्रम काठमाडौंस्थित जोरपाटीबाट सुरुवात गरिएको हो।

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको उपस्थिति थियो। कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकारको पहिलो प्राथमिकता सबैलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने जानकारी दिए।

यस्तै, प्रधानमन्त्री देउवाले काठमाडौंका खोप केन्द्रको स्थलगत अवलोकन गर्ने बताइएको छ।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूह, नेपालमा बसोबास गरिरहेका शरणार्थी, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, सफाइकर्मी लगायतलाई दिइँदै छ ।


क्याटेगोरी : समाचार
ट्याग : #खोप केन्द्रको अवलोकन, #जोन्सन एण्ड जोन्सनको खोप, #प्रधानमन्त्री शेरबहादुर देउवा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ