२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ काठमाडाैंमा १४४ ठाउँबाट एस्ट्राजेनेका खोप लगाइदैं, महानगरमा समस्या परे यी नम्बरमा फोन गरौं

काठमाडाैंमा १४४ ठाउँबाट एस्ट्राजेनेका खोप लगाइदैं, महानगरमा समस्या परे यी नम्बरमा फोन गरौं


काठमाडौं– ५ महिनाअघि कोभिशिल्ड खोपको पहिलो मात्र लगाएर दोस्रो मात्रा लगाउन बाँकी रहेका ६५ वर्षमाथिका नागरिकलाई सरकारले सोमबारबाट एस्ट्राजेनेकाको खोप लगाउने भएको छ ।

पहिलो डोज भारतको सेरम  इन्स्टिच्युट उत्पादित कोभिशिल्ड खोप लगाएका ६५ वर्षमाथिका करिब १३ लाख नेपालीले भारतले खोप निर्यातमा बन्देज लगाएपछि दोस्रो मात्रा लगाउन पाएका थिएनन् ।

कोभिशिल्ड खोप तत्काल नआउने भएपछि खोप विज्ञहरुको सल्लाहमा सरकारले कोभिशिल्डको साटो एस्ट्राजेनेका लगाउने निर्णय गरेको थियो । दुवै खोप एउटै मोल्यकुल फर्मुलामा बनेको र नाम मात्र फरक भएको हुदा पहिलो डोज कोभिशिल्ड लगाउने दोस्रो खोप एस्ट्राजेनेका लगाउदा प्रभावकारी हुने खोप विज्ञहरुले सरकारलाई राय दिएका थिए ।

विज्ञको सल्लाहअनुसार स्वास्थ्य मन्त्रालयले कोभ्याक्सलाई कोभिशिल्डको ठाँउमा एस्ट्राजेनेका पठाइदिन अनुरोध गरेको थियो । यहि हप्ता नेपाललाई जापान सरकारले कोभ्याक्सअन्तरर्गतको १६ लाख डोज अनुदान दिएको थियो । त्यस्तै छिमेकी देश भुटानले पनि २ लाख ३० हजार सापट दिएको छ ।

एस्ट्राजेनेका खोप आएसँगै बागमती लुम्विनी र गण्डकीमा सोमबारबाटै खोप अभियान सुरु भएको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. झलक शर्माले जानकारी दिए । उनका अनुसार अन्य प्रदेशमा पनि खोपको ढुवानी भइरहेको हुदा मंगलबार र बुधबारबाट सुरु हुनेछ ।

काठमाडौ जिल्लाले १ सय ४४ बटा खोप केन्द्रबाट एस्ट्राजेनेका (कोभिशिल्डको दोस्रो मात्र) खोप अभियान सुरु गर्दैछ । काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्री खड्काका अनुसार काठमाडौं महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रगिरीमा १५, नागार्जुनमा १०, तारकेश्वर नगरपालिकामा ११ खोप केन्द्रबाट खोप लगाइदैंछ ।

त्यसैगरी दक्षिणकालीमा ९, बुढानिलकण्ठमा १३, टोखामा ११, गोकणेश्वरमा ९, शंकरापुरमा ९ र कागेश्वरी मनहरा नगरपालिकामा ९ वटा केन्द्रबाट खोप लगाइदैंछ ।

त्यसैगरी काठमाडौं मेडिकल कलेज सिनामंगल, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट पनि एस्ट्राजेनेका खोप लगाइदैंछ ।

काठमाडाैं नगरपालिकाका खाेप केन्द्र र सम्पर्क नम्बर

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #एस्ट्राजेनेका, #कोभिसिल्ड, #खोप, #महानगर, #सरकार, #सिरम इन्ट्रिच्युट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ