२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडाैंमा १४४ ठाउँबाट एस्ट्राजेनेका खोप लगाइदैं, महानगरमा समस्या परे यी नम्बरमा फोन गरौं

काठमाडाैंमा १४४ ठाउँबाट एस्ट्राजेनेका खोप लगाइदैं, महानगरमा समस्या परे यी नम्बरमा फोन गरौं


काठमाडौं– ५ महिनाअघि कोभिशिल्ड खोपको पहिलो मात्र लगाएर दोस्रो मात्रा लगाउन बाँकी रहेका ६५ वर्षमाथिका नागरिकलाई सरकारले सोमबारबाट एस्ट्राजेनेकाको खोप लगाउने भएको छ ।

पहिलो डोज भारतको सेरम  इन्स्टिच्युट उत्पादित कोभिशिल्ड खोप लगाएका ६५ वर्षमाथिका करिब १३ लाख नेपालीले भारतले खोप निर्यातमा बन्देज लगाएपछि दोस्रो मात्रा लगाउन पाएका थिएनन् ।

कोभिशिल्ड खोप तत्काल नआउने भएपछि खोप विज्ञहरुको सल्लाहमा सरकारले कोभिशिल्डको साटो एस्ट्राजेनेका लगाउने निर्णय गरेको थियो । दुवै खोप एउटै मोल्यकुल फर्मुलामा बनेको र नाम मात्र फरक भएको हुदा पहिलो डोज कोभिशिल्ड लगाउने दोस्रो खोप एस्ट्राजेनेका लगाउदा प्रभावकारी हुने खोप विज्ञहरुले सरकारलाई राय दिएका थिए ।

विज्ञको सल्लाहअनुसार स्वास्थ्य मन्त्रालयले कोभ्याक्सलाई कोभिशिल्डको ठाँउमा एस्ट्राजेनेका पठाइदिन अनुरोध गरेको थियो । यहि हप्ता नेपाललाई जापान सरकारले कोभ्याक्सअन्तरर्गतको १६ लाख डोज अनुदान दिएको थियो । त्यस्तै छिमेकी देश भुटानले पनि २ लाख ३० हजार सापट दिएको छ ।

एस्ट्राजेनेका खोप आएसँगै बागमती लुम्विनी र गण्डकीमा सोमबारबाटै खोप अभियान सुरु भएको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. झलक शर्माले जानकारी दिए । उनका अनुसार अन्य प्रदेशमा पनि खोपको ढुवानी भइरहेको हुदा मंगलबार र बुधबारबाट सुरु हुनेछ ।

काठमाडौ जिल्लाले १ सय ४४ बटा खोप केन्द्रबाट एस्ट्राजेनेका (कोभिशिल्डको दोस्रो मात्र) खोप अभियान सुरु गर्दैछ । काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्री खड्काका अनुसार काठमाडौं महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रगिरीमा १५, नागार्जुनमा १०, तारकेश्वर नगरपालिकामा ११ खोप केन्द्रबाट खोप लगाइदैंछ ।

त्यसैगरी दक्षिणकालीमा ९, बुढानिलकण्ठमा १३, टोखामा ११, गोकणेश्वरमा ९, शंकरापुरमा ९ र कागेश्वरी मनहरा नगरपालिकामा ९ वटा केन्द्रबाट खोप लगाइदैंछ ।

त्यसैगरी काठमाडौं मेडिकल कलेज सिनामंगल, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट पनि एस्ट्राजेनेका खोप लगाइदैंछ ।

काठमाडाैं नगरपालिकाका खाेप केन्द्र र सम्पर्क नम्बर

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #एस्ट्राजेनेका, #कोभिसिल्ड, #खोप, #महानगर, #सरकार, #सिरम इन्ट्रिच्युट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ