२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यआँखाको ज्योति बढाउन घरमै गर्नुहोस यी सरल योग

आँखाको ज्योति बढाउन घरमै गर्नुहोस यी सरल योग


योगाभ्यासका लागि शरीरलाई तयार गर्न विभिन्न अङ्ग विशेष तथा जोर्नीहरूलाई सक्रिय, खुकुलो र लचकदार बनाउनका लागि यौगिक सूक्ष्म व्यायाम वा अङ्ग व्यायामहरू गरिन्छ । यौगिक सूक्ष्म व्यायाममा नेत्रशक्ति बढाउने एक सूक्ष्म व्यायाम पनि पर्छ । सो व्यायाम आँखाको ज्योति बढाउनका लागि गरिन्छ ।  यो सूक्ष्म व्यायाम बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी छ ।

यो व्यायाम नेत्रशक्ति विकासक क्रियाअन्तर्गत पर्दछ ।

विधि :
दुवै आँखालाई पूरा खुम्च्याएर बन्द गर्ने र हल्कासँग खोल्ने क्रिया, छिटो-छिटो पाँच पटक गर्नुहोस् ।

त्यसपछि टाउकोलाई स्थिर राखेर आँखाले सकेसम्म दायाँ र बायाँ
पालैपालो हेर्नुहोस् ।

यो अभ्यास तीन तीनचोटि गर्नुहोस् ।

टाउकोलाईस्थिर राखेर आँखाले सकेसम्म तल र माथि पालैपालोहेर्नुहोस् ।

यो अभ्यास पनि तीन तीनचोटि गर्नुहोस् ।

टाउकोलाई स्थिर राखेर दुवै आँखालाई घडीको सुई घुम्ने दिशामा तीन पटक
घुमाउनुहोस् ।

अब त्यसको विपरीत दिशामा त्यसरी नै तीन पटक घुमाउनुहोस् ।

दुवै हत्केलालाई रगडेर तातो बनाई आँखामा हल्का स्पर्श गर्नुहोस् ।

यसका फाइदा :-

यसको नियमित अभ्यासले आँखाको ज्योति बढाउँछ तथा यसका मांसपेशी र
स्नायुहरूलाई स्वस्थ बनाउँछ ।

सावधानी:

  • आँखा पाकेको अवस्थामा नगर्नुहोस् ।

 

स्रोत – ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकबाट


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ