२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको उर्लाबारीबाट प्रतिबन्धित औषधीसहित ६ जना पक्राउ

मोरङको उर्लाबारीबाट प्रतिबन्धित औषधीसहित ६ जना पक्राउ


विराटनगर – मोरङको उर्लाबारी र सिजुवामा प्रहरीले प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ स्थित रातोहोली बस्ने २७ बर्षीय अनिश श्रेष्ठ र २१ बर्षीय सुजन श्रेष्ठ रहेका छन् ।

हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुको घर कोठाबाट Tramadol 158 Capsules / Spaspain 14 Tablet प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

त्यस्तै, रतुवामाई नगरपालिका २ घरुचौकबाट ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका १ का २१ बर्षीय माधव श्रेष्ठलाई नाइट्रोभेट ६६०  –कोरेक्स– १ बोतल लागूऔषध सहित पक्राउ गरेको छ ।

भने, सोही स्थानमा हिजै राती सँवा १० बजे सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपालतर्फ आउदै गरेको मे१ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाइ राखेको प्रतिबन्धित औषधी स्पासपेन ५ सय ट्याब्लेट र ट्रामाडोल १ हजार ट्याब्लेट बरामद गरी अटोमा सवार रहेका मोरङ उर्लाबारी ५ का २३ बर्षीय समिर मगर, झापा दमक १४ का २९ बर्षीय अब्दुल आमिर खान र उर्लाबारी ५ का २४ बर्षीय घनश्याम गुरुङलाई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ