२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ११ वर्षपछि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय नेतृत्व गर्दै नेपाल, यस्ता छन् एजेण्डा

११ वर्षपछि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय नेतृत्व गर्दै नेपाल, यस्ता छन् एजेण्डा


काठमाडौँ – विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को दक्षिण पूर्वी एसियाको ७४ औं सम्मेलन सम्मेलन सोमबारबाट सुरु हुँदैछ । सम्मेलनको तयारीबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनममार्फत राज्यमन्त्री उमेश श्रेष्ठले सम्मेलन सोमबार बिहान पौने १० बजे भर्चुअल माध्यमबाट सुरु हुने जानकारी दिए ।

नेपालले ११ वर्ष पछि सम्मेलनको नेतृत्वको गर्ने मौका पाउनु गैरव र खुसीको कुरा भएको उनले बताए ।  नेपालको लागि यो मौका ऐतिहासिक रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले भने, ‘११ मुलुक रहेको संगठनमा ११ वर्षपछि सम्मेलनको आयोजना गर्न हामीले पाएका छौँ, यो ऐतिहासिक हुनेछ, सम्मेलनको ५ दिन नेपालका लागि निकै महत्वपूर्ण छ ।’

७४ औं क्षेत्रीय सम्मेलनमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, स्वास्थ्यको आपत्कालीन सृदृढिकरण, कोभिड-१९ विरुद्ध खोपको वितरण, नसर्ने रोगको नियन्त्रण तथा उन्मूलनका सम्बन्धमा र आगामी दिनमा कस्ता खालका साझा योजना बनाउने भन्ने बारे छलफल हुने राज्यमन्त्री श्रेष्ठले जानकारी दिए।

उक्त सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक, क्षेत्रिय निर्देशक, दक्षिण पूर्वी एसियाली देशहरूका स्वास्थ्यमन्त्रीहरु, वरिष्ठ स्वास्थ्य अधिकारीहरुको  र संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ