२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार११ वर्षपछि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय नेतृत्व गर्दै नेपाल, यस्ता छन् एजेण्डा

११ वर्षपछि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय नेतृत्व गर्दै नेपाल, यस्ता छन् एजेण्डा


काठमाडौँ – विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को दक्षिण पूर्वी एसियाको ७४ औं सम्मेलन सम्मेलन सोमबारबाट सुरु हुँदैछ । सम्मेलनको तयारीबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनममार्फत राज्यमन्त्री उमेश श्रेष्ठले सम्मेलन सोमबार बिहान पौने १० बजे भर्चुअल माध्यमबाट सुरु हुने जानकारी दिए ।

नेपालले ११ वर्ष पछि सम्मेलनको नेतृत्वको गर्ने मौका पाउनु गैरव र खुसीको कुरा भएको उनले बताए ।  नेपालको लागि यो मौका ऐतिहासिक रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले भने, ‘११ मुलुक रहेको संगठनमा ११ वर्षपछि सम्मेलनको आयोजना गर्न हामीले पाएका छौँ, यो ऐतिहासिक हुनेछ, सम्मेलनको ५ दिन नेपालका लागि निकै महत्वपूर्ण छ ।’

७४ औं क्षेत्रीय सम्मेलनमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, स्वास्थ्यको आपत्कालीन सृदृढिकरण, कोभिड-१९ विरुद्ध खोपको वितरण, नसर्ने रोगको नियन्त्रण तथा उन्मूलनका सम्बन्धमा र आगामी दिनमा कस्ता खालका साझा योजना बनाउने भन्ने बारे छलफल हुने राज्यमन्त्री श्रेष्ठले जानकारी दिए।

उक्त सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक, क्षेत्रिय निर्देशक, दक्षिण पूर्वी एसियाली देशहरूका स्वास्थ्यमन्त्रीहरु, वरिष्ठ स्वास्थ्य अधिकारीहरुको  र संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ