२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यदैनिक यस आसन गर्दा शरीरको प्रत्येक अंगलाई पुग्छ फाइदा, थाइराइडका बिरामीका लागि वरदान

दैनिक यस आसन गर्दा शरीरको प्रत्येक अंगलाई पुग्छ फाइदा, थाइराइडका बिरामीका लागि वरदान


शवको अर्थ हो मूर्दा । शवासनमा शरीरलाई मूर्दाजस्तै अचल र स्थिर राखिन्छ । यस आसनको उद्देश्य शरीरलाई शिथिल पार्दै गहन विश्रामको अवस्थामा पु¥याउनु हो । प्रायः शवासन सबै आसनहरू पूरा गरिसकेपछि अन्तमा गरिन्छ । आसनहरूको श्रमद्वारा उत्पन्न थकाई मेटाउन यो आसन अत्यन्त प्रभावकारी छ । आवश्यकता परेमा अन्य आसनहरूका
बिचमा पनि शवासन गर्न सकिन्छ ।

यो आसन आवश्यकताअनुसार जुनसुकै समयमा पनि गर्न सकिन्छ । दिउँसो कुनै पनि समयमा कुनै विशेष परिश्रम पर्ने
काम गरेर थाकेपछि केही समयका लागि शवासन गर्नाले शान्ति एवम् स्फूर्ति  प्राप्त हुन्छ । यो योगासन सम्पूर्ण शरिरका अंगका लागि फाइदाजनक हुन्छ ।

विधि

— उत्तानो परेर सुत्नुहोस् ।

— खुट्टालाई १ देखि १।५ फिट जति फैलाएर राख्दै हात शरीरबाट आधा फिट जति टाढा हत्केला आकाशतिर
फर्काएर सुत्नुहोस् ।

— टाउकालाई आरामदायक अवस्थामा राख्दै आँखा बन्द गर्नुहोस् ।

— पूरै शरीरलाई शिथिल छोड्नुहोस् जहाँ कुनै तनाव नरहोस् ।

— छातीका मांसपेशीहरूलाई खुकुलो पारेर केहीवेर गहिरो श्वास लिँदै, छोड्दै गर्नुहोस् ।

— अब पूरै चेतना दुवै पैतालामा केन्द्रित गर्नुहोस् र पैतालालाई गहन आराम भइरहेको महसुस गर्नुहोस् ।

— विस्तारै चेतनालाई नली तथा घठ कम गर्छ । जाम भएका मांसपेशी, नशनाडीलाई खुलाउँछ । योगको उच्चतम अवस्था धारणा, ध्यानको अभ्यास र समाधिको प्राप्तिका लागि शरीर र मनलाई तयार गर्छ ।

फाइदा 

  • सक्रिय र थाइरोइड ग्रन्थलाई सक्रिय बनाउनुको साथै पोषण दिन्छ  ।
  • मुटुको मांसपेशीहरुलाई सक्रिय गर्ने र मुटुमा शुद्ध रगतलाई पठाउँछ ।
  • बाँझोपन र गर्भपात जस्ता समस्याहरु हटाउँछ।
  • महिनावारीको समस्याबाट छुट्कारा दिन्छ ।
  • कब्जियत हटाउँछ र पाचन प्रणाली सक्रिय गर्दछ।
  • यो आसनले थकान र कमजोरी हटाउनमा धेरै मद्दत गर्छ ।
  • हात र काँधहरुलाई बलियो बनाउँछ।
  • धेरै रगत पुर्‍याएर मस्तिष्कलाई पोषण दिन्छ।
  • मोटोपन घटाउन मद्दत गर्दछ।

स्रोत – ‘राष्ट्रिय योगाक्रम’ पुस्तकबाट


क्याटेगोरी : अन्य, जनस्वास्थ्य, टिप्स
ट्याग : #थाइराइड, #राष्ट्रिय योगाक्रम, #शवासन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ