२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २स्वास्थ्य सचिव डा. पोखरेललाई गृहनगरमा सम्मान, १० वेडको अस्पताल गरे शिलान्यास

स्वास्थ्य सचिव डा. पोखरेललाई गृहनगरमा सम्मान, १० वेडको अस्पताल गरे शिलान्यास


जनकपुर—नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलको जन्मस्थल तथा पुख्र्यौली गाउँ बटेश्वरमा स्वागत तथा सम्मान गरिएको छ ।

बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको अथक प्रयासपछि १० वेडको अस्पताल शिलान्यास गर्न प्रमुख अतिथी भएर जन्मथलो आउँदा आफूलाई निकै खुशी लागेको स्वास्थ्य सचिव पोखरेलले व्यक्त गरे । स्वास्थ्य सचिव डा. पोखरेलले दैनिक १० किलो अक्सिजन दिने मेसिनसमेत पालिका अध्यक्षलाई हस्तान्तरण गरेका छन् ।

लामो समयपछि आफू स्वास्थ्य सचिव भएकै वखतमा आफ्नो जन्मथलो आउँदा यहाँको अवस्था निकै फेरिएको बताए । ‘बटेश्वरमा हाम्रो गाउँ हो । अहिले अवस्था फेरिएको छ, कुन ठाउँमा आफु जन्मेको (घर) आफैले ठम्याउन सकिन्,’ उनले भने, ‘अहिले स्वास्थ्य सचिव भएको बेलामा बटेश्वरवासिहरुको स्वास्थ्यको सवालमा आफूले गर्न सक्ने सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।’

स्वास्थ्य सचिव डा. पोखरेललाई बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री, उपाध्यक्ष प्रमिला देवी सिंह, वडाध्यक्षहरु हिरालाल महतो, शैलेन्द्र महतो, गंगाराम कुवँर, दिपरमण दाहाल, प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी, स्वास्थ्य संयोजक रुद्रनारायण यादवलगायत गाउँपालिकाका कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधी तथा समाजसेवीहरुले फुलमाला लगाएर स्वागत तथा जानकी मन्दिरको प्रतिमा प्रदान गरेर सम्मान गरिएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ