गृहपृष्ठ ∕ अन्य ∕ वृक्षासन योगका विधि, फाइदा र सावधानी वृक्षासन योगका विधि, फाइदा र सावधानी हेल्थ आवाज शनिबार, २०७८ कात्तिक १३ गते, ०५:३० मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : अन्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू