२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन

शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन


काठमाडौं—सरकारले शिक्षकहरुका लागि निर्माण गर्ने अस्पतालका निर्माणस्थल खोज्न पहल थालेको छ । सोमबार शिक्षा मन्त्रालयले जग्गा खोज्नका लागि समिति गठन गरेको छ ।

मन्त्रीस्तरीय निर्णय गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न डा. विमल चालिसेको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरेका छन् । समितिका अन्य सदस्यहरुमा मन्त्रालयका कर्मचारी तथा शिक्षक छन् ।

उक्त समितिलाई २ महिनाभित्र अस्पतालका लागि उपयुक्त जग्गा खोज्ने कार्यवधि तोकिएको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । उपयुक्त जग्गाको व्यवस्थापन भएलगतै अस्पताल निर्माणको कार्य अगाडि बढाउने तयारी छ ।

यसअघि सरकारले शिक्षकका लागि छुट्टै अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत शिक्षकहरुका लागि अस्पताल स्थापनाका लागि बजेटको व्यवस्थापन गरेका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ