२०८३ कात्तिक २, सोमवार
Health Aawaj logo
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ जाडोमा देखिने श्वासप्रश्वास सम्बन्धि समस्याबाट कसरी बच्ने ?

जाडोमा देखिने श्वासप्रश्वास सम्बन्धि समस्याबाट कसरी बच्ने ?


गर्मी महिनाभन्दा जाडोमा श्वासप्रश्वास सम्बन्धि समस्या बढी देखिन्छन। विशेषत पहिला देखि नै श्वासप्रश्वास सम्बन्धि समस्या भएकालाई झनै बढी जाडोमा समस्या देखिने हुन्छ।

जाडोमा काठमाडौंजस्तो उपत्यकाका बढी प्रदुषण हुन्छ। किनभने यहाँ औधोगिक क्षेत्र, कलकारखना, मोटरहरु धेरै छन् । त्यो प्रदुषणले प्रत्यक्ष असर हाम्रो श्वासप्रश्वास प्रणालीमा पार्ने देखिन्छ। यस समय संक्रमणको जोखिम हुनुको साथै मुटु बिरामीका लागि पनि यी मौसममा  विशेष स्वास्थ्यको ख्याल राख्नु पर्ने हुन्छ। किनभने जाडोमा हृदयघातको जोखिम अत्याधिक हुन्छ ।

विशेषत: वृद्धवृद्धाहरु घाम लागेपछि मात्रै हिडडुल गर्न उपयुक्त हुने गर्छ। न्यून तापक्रममा बढी काम गर्नु पर्ने हुँदा लोड बढी हुन्छ। जसकारण श्वासप्रश्वासमा कठिनाइ हुने, रुघाखोकी लाग्ने, संक्रमण हुने, मुटु कमजोर हुने समस्या बढ्छ।

बच्ने उपाय :-

    • प्रदुषित क्षेत्रमा जान सकेसम्म नजाने,
    • निमोनियाबाट बच्न खोप लगाउने,
    • सामाजिक दुरी कायम राख्ने,
    • संक्रमणबाट बच्न मास्कको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिने,
    • घाम लागेको पछि मात्रै हिडडुल गर्ने,
    • शरीरलाई न्यानो राख्ने




क्याटेगोरी : जनस्वास्थ्य, टिप्स, भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ