गृहपृष्ठ ∕ योग ∕ मेरुदण्डलाई बलियो बनाउने योगासन मेरुदण्डलाई बलियो बनाउने योगासन हेल्थ आवाज सोमबार, २०७८ माघ १७ गते, ०५:३० मा प्रकाशित योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़न अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ। विधि दुवै खुट्टा सिधा राखी बस्नुहोस् । अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् । अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् । यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् । सावधानी गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन । फाइदा अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ । कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ । यो मधुमेहका लागि उत्कृष्ट आसन हो । ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ । -राष्ट्रिय योगा विकाशक्रमबाट क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ४ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ५ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ६ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल फैजान खानको जीवन बचाउन सबैलाई सहयोगको आग्रह नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल फैजान खानको जीवन बचाउन सबैलाई सहयोगको आग्रह नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ?