गृहपृष्ठ ∕ योग ∕ मेरुदण्डलाई बलियो बनाउने योगासन मेरुदण्डलाई बलियो बनाउने योगासन हेल्थ आवाज सोमबार, २०७८ माघ १७ गते, ०५:३० मा प्रकाशित योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़न अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ। विधि दुवै खुट्टा सिधा राखी बस्नुहोस् । अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् । अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् । यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् । सावधानी गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन । फाइदा अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ । कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ । यो मधुमेहका लागि उत्कृष्ट आसन हो । ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ । -राष्ट्रिय योगा विकाशक्रमबाट क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ट्रेण्डिङ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण अस्पतालबाट श्रीमतीको शव छुटाउन ऋण खोज्दै उमेश राम हठ योगका ३ प्रभावकारी आसन अब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट विशेषज्ञ सेवाहरू उपलब्ध गराउने बिरामीको संख्या बढ्दैं गएपछि जिल्ला अस्पताल हुम्लामा औषधी अभाव मोरङमा पोलियोविरुद्धको खोप अभियान १३ जेठबाट, ५२ हजार बालबालिकालाई लगाइने ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण अस्पतालबाट श्रीमतीको शव छुटाउन ऋण खोज्दै उमेश राम हठ योगका ३ प्रभावकारी आसन अब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट विशेषज्ञ सेवाहरू उपलब्ध गराउने बिरामीको संख्या बढ्दैं गएपछि जिल्ला अस्पताल हुम्लामा औषधी अभाव मोरङमा पोलियोविरुद्धको खोप अभियान १३ जेठबाट, ५२ हजार बालबालिकालाई लगाइने ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता