२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ मुख दिवसका अवसरमा कान्तिपुर डेन्टल कलेजद्वारा प्रभातफेरीको आयोजना

मुख दिवसका अवसरमा कान्तिपुर डेन्टल कलेजद्वारा प्रभातफेरीको आयोजना


काठमाडौं—बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले प्रभातफेरीको आयोजना गरेको छ । आइतबार विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर कलेजले प्रभातफेरीको आयोजना गरेको हो ।

कलेजको अस्पताल परिसरबाट सुरु भएको प्रभातफेरी गोगबुस्थित बीजी मलसम्म पुगेर फर्किएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले मुख तथा दन्त स्वास्थ्य सम्बन्धी सडक नाटकसमेत प्रस्तुत गरेका थिए ।

केडीसीका हस्पिटल इन्चार्ज डा. प्रतीक्षा श्रेष्ठले आमसर्वसाधारणलाई मुख तथा दन्त स्वास्थ्यका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ब्यानरसहित प्रभातफेरी आयोजना गरिएको जानकारी दिइन् ।

यसैगरी, कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालले विश्व मुख्य दिवसको अवसरमा एक हप्तासम्म निःशुल्क मुख तथा दन्त स्वास्थ्य परीक्षण गर्ने भएको छ । डा. श्रेष्ठले अन्य उपचार तथा परीक्षणसमेत १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिइन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ