गृहपृष्ठ ∕ योग ∕ मेरुदण्डका लागि योग मेरुदण्डका लागि योग हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २२ गते, ०५:३० मा प्रकाशित योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़न अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ। विधि दुवै खुट्टा सिधा राखी बस्नुहोस् । अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् । अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् । यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् । सावधानी गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन । फाइदा अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ । कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ । यो मधुमेहका लागि उत्कृष्ट आसन हो । ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ । -राष्ट्रिय योगा विकाशक्रमबाट क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ योग के हो ? यसका प्रकार र फाइदा ७ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु ११ औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु ११ औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल