गृहपृष्ठ ∕ समाचार ∕ विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा डा. टेड्रोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा डा. टेड्रोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन हेल्थ आवाज बिहीबार, २०७९ वैशाख ८ गते, १५:४१ मा प्रकाशित काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको मनोनयनमा नेपालले समर्थन गरेको छ । तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा. टेड्रोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उक्त जानकारी दिएका हुन् । ‘नेपाल विश्व स्वास्थ्य संगठनमा यहाँले दिनुभएको सशक्त, व्यवहारिक र दूरदर्शी नेतृत्वको प्रशंशा गर्दछ । कोभिड—१९ महामारीको समयमा यहाँको भूमिका अझै महत्वपूर्ण थियो,’ मन्त्री खतिवडाले डा. ट्रेडोससँगको भेटमा भने, ‘दोस्रो कार्यकालका लागि यहाँको मनोनयनको हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं ।’ सो क्रममा मन्त्री खतिवडाले नेपालको तर्फबाट सक्दो साथ र समर्थन रहने आश्वासन पनि दिए । मन्त्री खतिवडाले नेपाल सन् १९५३ मा डब्लूएचओमा आवद्ध भएदेखि नेपालको उत्कृष्ट कार्यत्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली जनताको स्वास्थ्य आवश्यकता सम्बोधन गर्न गरेको सहयोगको पनि प्रशंशा गरे । साथै, सन् २०१५ मा भूकम्पपछि स्वास्थ्य आपतकालको अवस्था रहँदा समेत विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य सम्मेलन—२०१५ को साइड इभेन्ट गर्न दिएकोमा पनि डब्लूएचओको नेपालले प्रशंशा गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला