गृहपृष्ठ ∕ समाचार ∕ विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा डा. टेड्रोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा डा. टेड्रोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन हेल्थ आवाज बिहीबार, २०७९ वैशाख ८ गते, १५:४१ मा प्रकाशित काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको मनोनयनमा नेपालले समर्थन गरेको छ । तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा. टेड्रोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उक्त जानकारी दिएका हुन् । ‘नेपाल विश्व स्वास्थ्य संगठनमा यहाँले दिनुभएको सशक्त, व्यवहारिक र दूरदर्शी नेतृत्वको प्रशंशा गर्दछ । कोभिड—१९ महामारीको समयमा यहाँको भूमिका अझै महत्वपूर्ण थियो,’ मन्त्री खतिवडाले डा. ट्रेडोससँगको भेटमा भने, ‘दोस्रो कार्यकालका लागि यहाँको मनोनयनको हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं ।’ सो क्रममा मन्त्री खतिवडाले नेपालको तर्फबाट सक्दो साथ र समर्थन रहने आश्वासन पनि दिए । मन्त्री खतिवडाले नेपाल सन् १९५३ मा डब्लूएचओमा आवद्ध भएदेखि नेपालको उत्कृष्ट कार्यत्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली जनताको स्वास्थ्य आवश्यकता सम्बोधन गर्न गरेको सहयोगको पनि प्रशंशा गरे । साथै, सन् २०१५ मा भूकम्पपछि स्वास्थ्य आपतकालको अवस्था रहँदा समेत विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य सम्मेलन—२०१५ को साइड इभेन्ट गर्न दिएकोमा पनि डब्लूएचओको नेपालले प्रशंशा गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव त्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला मेरुदण्डदेखि कम्मर र पाचनका लागि लाभदायक चक्रासन योग स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव त्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला मेरुदण्डदेखि कम्मर र पाचनका लागि लाभदायक चक्रासन योग