गृहपृष्ठ ∕ समाचार ∕ विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा डा. टेड्रोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा डा. टेड्रोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन हेल्थ आवाज बिहीबार, २०७९ वैशाख ८ गते, १५:४१ मा प्रकाशित काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको मनोनयनमा नेपालले समर्थन गरेको छ । तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा. टेड्रोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उक्त जानकारी दिएका हुन् । ‘नेपाल विश्व स्वास्थ्य संगठनमा यहाँले दिनुभएको सशक्त, व्यवहारिक र दूरदर्शी नेतृत्वको प्रशंशा गर्दछ । कोभिड—१९ महामारीको समयमा यहाँको भूमिका अझै महत्वपूर्ण थियो,’ मन्त्री खतिवडाले डा. ट्रेडोससँगको भेटमा भने, ‘दोस्रो कार्यकालका लागि यहाँको मनोनयनको हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं ।’ सो क्रममा मन्त्री खतिवडाले नेपालको तर्फबाट सक्दो साथ र समर्थन रहने आश्वासन पनि दिए । मन्त्री खतिवडाले नेपाल सन् १९५३ मा डब्लूएचओमा आवद्ध भएदेखि नेपालको उत्कृष्ट कार्यत्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली जनताको स्वास्थ्य आवश्यकता सम्बोधन गर्न गरेको सहयोगको पनि प्रशंशा गरे । साथै, सन् २०१५ मा भूकम्पपछि स्वास्थ्य आपतकालको अवस्था रहँदा समेत विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य सम्मेलन—२०१५ को साइड इभेन्ट गर्न दिएकोमा पनि डब्लूएचओको नेपालले प्रशंशा गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज