गृहपृष्ठ ∕ अन्य ∕ के हो आँखाको जलविन्दु ? कसरी गर्न सकिन्छ उपचार ? के हो आँखाको जलविन्दु ? कसरी गर्न सकिन्छ उपचार ? हेल्थ आवाज बुधबार, २०७९ वैशाख १४ गते, ११:३७ मा प्रकाशित आँखा भित्रको तरल पदार्थको चाप बढ्न गई दृष्टि नशामा असर पुग्नाले दृष्टि क्षमतामा ह्रास आउनुलाई जलविन्दू (Glaucoma) भनिन्छ । यस्तो रोग उमेर पुगेका व्यक्ति वा बच्चाहरुमा पनि लाग्न सक्छ । यो रोगको लक्षणहरु ढिला मात्र देखिने र यो रोगले बिगारेको दृष्टि पुन फर्काउन नसकिने हुन्छ । यो अन्धोपनको दोस्रो प्रमुख कारण हो । लक्षणहरु आँखा धमिलो देखिन्छ आँखा दुख्छ वा एक्कासी धेरै दुख्ने, टाउको दुख्ने तथा बान्ता हुने घाममा हेर्न गा¥हो हुन्छ कुनै चिज हेर्दा विच विचमा कालो ढब्बा देखिने वा वरिपरिको नदेखिने बत्तिमा हेर्दा इन्द्रेणी देखिने गर्नुपर्ने जाँचहरु दृष्टि जाँच दृष्टि परिधिको जाँच (Confrontation) : आँखा जाँच्ने मान्छे र बिरामी आमने सामने बस्ने र बिरामीको बाँया आँखा बन्द गर्न लगाई दाँया आँखाले आफ्नो बायाँ आँखा हेर्न लगाउने । एउटा हातमा कलम लिने र बिरामीको दृष्टिको १८० डिग्रीभन्दा बाहिरबाट कलमलाई बिस्तारै बिच तिर बिरामीले नदेखेसम्म ल्याउने । यो जाँच प्रत्येक आँखाको लागि प्रत्येक चतुर्थमा गर्ने । जलबिन्दु भएको आँखाको दृष्टि परिधि सामान्यको भन्दा कम हुन सक्छ । आँखाको चाप जाँच : बिरामीलाई दुबै आँखा बन्द गर्न लगाउने, दुबै हातको चोर औलाले विरामीको दूबै आँखा पालैपालो विस्तारै थिचेर आँखाको चाप सामान्य भन्दा बढी छ कि छैन अन्दाज गर्ने । जलबिन्दु भएको आँखा सामान्यभन्दा कडा हुन सक्छ । यसको लागि जलबिन्दु नभएको व्यक्तिको आँखा हल्का थिचेर पनि सामान्य चापको अन्दाज गर्न सकिन्छ । उपचार जलबिन्दुको शंका लागेमा तुरुन्त नजिकको जलबिन्दु उपचार हुने आँखा अस्पतालमा पठाउनुहोस् । यसको उपचारमा आँखाको चाप नियन्त्रण गर्न विभिन्न औषधिहरु तथा शल्यक्रिया गर्नु्पर्ने पनि हुन सक्छ । -आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभागले तयार पारेको पुस्तकबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४… धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ४ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ५ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु ६ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ७ विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा यी हुन् ४३ योगासन, यस्ता छन् योगका २२ फाइदा चीनमा पुनः लकडाउन घोषणा भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा यी हुन् ४३ योगासन, यस्ता छन् योगका २२ फाइदा चीनमा पुनः लकडाउन घोषणा भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन