गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ के तपाईको आँखा स्वस्थ छ ? के तपाईको आँखा स्वस्थ छ ? हेल्थ आवाज सोमबार, २०७९ वैशाख १९ गते, १७:३४ मा प्रकाशित हाम्रो आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। तर, यदि हाम्रो आँखा एक क्षणको लागि पनि हामीबाट अलग भयो भने, हाम्रो जीवन अँध्यारो हुनेछ। लगातार मोबाइल, टिभी र ल्यापटपमा व्यस्त रहँदा हाम्रो आँखा कमजोर हुन थाल्छ । आँखा स्वस्थ छ वा छैन कसरी पहिचान गर्ने त ? स्वास्थ आँखाको पहिचान आँखाको सेतो भाग सेतो र कालो भाग कालो हुनुपर्छ । माथिल्लो ढकानीले अलिकति कालो भाग ढाकेको हुनुपर्छ र तलको ढकनीले कालो भागलाई छोएको हुनुपर्छ । आँखाको झिम्काई सामान्य दरमा (१५ देखि १८ पटक प्रति मिनेट) हुनुपर्छ । सिधा हेर्दा दुवै आँखा सोझो देखिनुपर्छ । आँखा ठिक्क ओसिलो हुनुपर्छ, न त ज्यादा सुख्खा न त धेरै आँसुले भरिएको । सामान्य प्रकाश भएको ठाउँमा आँखा पूरा खोल्न सक्नुपर्छ । कम प्रकाश भएको ठाउँमा पनि सामान्य व्यक्तिसरह हिडडुल गर्न सक्नुपर्छ । असामान्य दृष्टि कसरी छुट्याउने ? निम्न लक्षणहरु देखिएमा आँखाको दृष्टि असामान्य भएको बुझनु पर्छ र तुरुन्त आँखा अस्पताल पठाउनु पर्छ । नयाँ ठाउँमा हिड्न कठिन हुनु वा हिड्दा यत्र तत्र ठोकिदै हिड्नु । वस्तु छोएर वा छामेर पहिचान गर्न खोज्नु । वस्तुको चाल तथा आवाज सुनेर प्रतिक्रिया गर्नु । हिड्डुल गर्न कुनै साहारा वा कसैको सहायताको खोजि गर्नु । आँखा चिम्सो पारेर हेर्न खोज्नु र चर्को घाममा हेर्न मन नपराउनु । पढ्दा लेख्दा किताब कापी धेरै नजिक लिनु र मसिना अक्षर पढ्न कठिन हुनु । लेखपढ गर्दा वा केहि बस्तुहरु हेर्दा आँखा बारम्बार मिच्नु वा आँखा बन्द गर्न खोज्नु । चलिरहेको गुडिरहेको बस्तुहरुलाई हेरेर आँखाले पछ्याउन नसक्नु । आँखाको गेडी लगातार हल्लिरहनु। कसरी गर्ने हेरचाह ? सफा पानीले दिनहुँ आँखा धुने। आफु वरिपरीको वातावरण सफा राख्ने। कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य चौकी, आँखा उपचार केन्द्र जाने। समय समयमा आँखाको परीक्षण गराउने। जथाभावी औषधी वा अन्य चीज आँखामा नराख्ने। बालबालिकालाई आँखामा चोटपटक लाग्न सक्ने सामान चलाउन नदिन। हरियो साग, पहेँला फलफूल, अण्डा, कलेजो जस्ता भिटामिन ‘ए’ यूक्त चिज प्रशस्त खाने । -आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभागले तयार पारेको पुस्तकबाट क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट