२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्ययसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह

यसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह


डा. रेनु प्रसाई

वरिष्ठ परामर्शदात्ता तथा पेडियाक्ट्रिकसियन,

इशान महिला तथा बाल अस्पताल

अन्य उमेर समूहको तुलनामा बालबालिकाको समूह अत्यन्त संवेदनशील उमेर समूह हो । आफूले भनेको र चाहेकोजस्तो सबै खाले चीजहरु प्राप्त गर्ने हुदा यो समूह चाडवाडको समयमा अन्य समूहभन्दा बढी उत्साहित हुने गर्दछन् । यस अर्थमा उनीहरुको निम्ति चाडवाड प्रत्येक इच्छा पुरा गर्ने एक बहारको रुपमा आउने गर्दछ ।

जसकारण उनीहरु प्रत्येक चाडपर्वहरुमा उत्साह पूर्वक रमाइलो मानीे सोही अनुसार मनाउने गर्दछन् । चाडवाडकै बहानामा अभिभावकहरुले पनि उनीहरुको इच्छा बमोजिम मन लागेका खानेकुराहरु खान छुट गरिदिएका हुन्छन् । तर, उनीहरुका लागि यो कतिसम्म उचित हुन्छ त? के चाडवाडका बहानामा उनीहरुलाई जस्तोसुकै परिकार तथा खानाहरु खान दिनु ठीक होला त?

बालवालिकाको उमेर शारीरिक तथा मानसिक रुपमा विकसित हुने उमेर हो । अझ अधिकांश शारीरिक तथा मानसिक वृद्धि विकास खानाबाट नै हुने हुँदा उनीहरुको खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसैले चाडबाड होस् या अन्य समयमा हामीले कहिल्यै पनि उनीहरुको खानपिनमा बेवास्ता गर्नु हुँदैन । उनीहरुलाई हामीले सदैव उनीहरुको वृद्धि तथा विकासमा सघाउ पु¥याउने ताजा तथा स्वथ्यवद्र्धक खानाहरु मात्रै खुवाउनु पर्दछ । तर, बढ्दो बजारीकरण, विज्ञापन र विभिन्न केमिकल मिश्रित खानाका कारण बालवालिका जंक फुडमा धेरै आकर्षित हुने गरेको पाइएको छ । यसका साथै चाडबाडको समयमा प्रायजसो अभिभावकले पनि आफ्ना बालवालिकालाई मन लागेका खानाहरु खानमा छुट दिने गरेको सम्म पनि देखिन्छ ।

बालवालिकाको स्वास्थ्यलाई ख्याल नै नगरी दिइएको त्यस्तो खानाले उनीहरुको स्वाथ्यमा प्रत्यक्ष रुपमा नकरात्मक असर पु¥याउने कुराहरुप्रति अभिभावकहरु अनभिज्ञ रहेको देखिन्छ । यसैगरी, कतिपय अवस्थामा बालवालिकाको जिद्धीका कारण पनि अभिभावकले उनीहरुलाई त्यस्ता खानामा छुट दिने गर्दछन् । त्यस्ता प्याक गरी राखिएका जंक फुडहरुमा हाई क्यालोरी बढी पाइने भएकोले यसले उनीहरुको शरीरमा नकरात्मक असर पारी बौद्धिक वृद्धि विकासमा समेत असर पार्दछ ।  त्यसैले हामीले उनीहरुलाई विभिन्न चाडवाडको समयमा मात्र नभई अन्य समयमा पनि त्यस्ता खानाहरु खान छुट दिनु हुँदैन । तर, अन्य समयमा ताजा तथा स्वस्थवर्द्धक खानाहरु खुवाइएता पनि चाडबाडमा चाहिँ बालवालिकाको खानपिनमा कसरी ध्यान दिने भन्ने अन्योलता अधिकांश अभिभावकहरुको रहेको पाइएको छ । त्यस्ता अन्योलता तथा चिन्तालाई निम्न उपायद्धारा दूर गर्न सकिन्छः

  • नियमित झैं घरमै निर्मित खानालाई विशेष प्राथमिकता दिने
  • चिल्लो, पिरो तथा मसालेदार खानाहरु समावेश नगर्ने
  • एकैचोटी भन्दा पनि पटक पटकमा सन्तुलन मिलाएर खाना खान दिने
  • फलफूल तथा तरकारीमा विशेष जोड दिने
  • ताजा तथा स्वस्थ्यवर्द्धक खाना मात्रै खुवाउने
  • बजारमा उपलब्ध पेय पदार्थको सट्टामा कागती सर्वतको प्रयोग गराउने
  • चाडबाडको समय भन्दैमा जे भेट्यो र जे छ त्यही खान दिने गर्नु हुँदैन
  • बाहिर लैजादा बालबालिकालाई घरमा नै पेटभरि खानाहरु खुवाएर मात्र लैजानु पर्छ । यसो गर्नाले उनीहरु पेटभरि भएकाले आफन्तका जाँदा वा बाहिर जादा बाहिरका खाना तथा अन्य खानाहरुको माग नगर्ने हुन्छन् ।

यसका साथै बालबालिकालाई कुनै पनि खाना खानको निम्ति हामीले कर गर्नु हुँदैन । उनीहरुको इच्छा भएमा मात्र उनीहरुलाई खान दिनुपर्छ । अन्यथा कतिपय अभिभावकले बालवालिकालाई उनीहरु भोको नहुँदा  वा उनीहरुको इच्छा नहुँदा पनि जबरजस्ती कुनै पनि खाना खानको निम्ति कर गरीरहेका हुन्छन् । जुन विल्कुल गलत हो ।

यसैगरी आफू अन्त पाहुना लाग्न जादा होस् या पाहुना आफू कहाँ आउँदा होस् कतिपयले बालवालिकालाई मासु, चकलेटजस्ता अन्य खानाहरु खानको निम्ति कर पनि गर्ने हुन्छ । तसर्थ यसो नहोस् भन्नका लागि हामीले आफ्ना बालबालिकाको हर समय उचित ख्याल राख्नु पर्दछ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ