२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात

फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात


अहिले युवायुवतीमा जिमको क्रेज बढ्दै गएको छ । आफूलाई फिट राख्न उनी जिममा पसिना बगाउँछन्, जुन राम्रो कुरा हो । तर, कतिपय युवाहरू जिममा यति धेरै व्यस्त हुन्छन् कि उनीहरू आफ्नो क्षमताभन्दा बाहिरको कसरत गर्न थाल्छन्। यो उनीहरूका लागि हानिकारक मात्र होइन ठूलो समस्या पनि निम्त्याउँन सक्छ ।

जसको एक पछिल्लो उदारहण हुन्, २९ वर्षीय युवा गेब्रियल म्याकेन्ना-लिएशके  । अष्ट्रेलियाको एडिलेडका निवासी गेब्रियल लामो समयदेखि जिम गर्दै आएका थिए । तर, एकपटक उनको यस्तो दुर्घटना भयो, जसको पीडा जीवनभर रहिरहनेछ ।

मिडिया रिपोर्टका अनुसार, गेब्रियल नोभेम्बर २०२० मा जिम सेसन गर्दै थिए। सोहीक्रममा जोशमा आएर उनले ५० किलोको डम्बेल लगाएर व्यायाम गर्न थाले । क्षमताभन्दा बढी तौल बोक्ने कारणले उनको दाहिने बाइसेपको टेन्डन च्यातियो र उनलाई अत्याधिक दुखाइ भयो । (टेन्डनले शरीरको मांसपेशीलाई हड्डीसँग जोड्छ)।

उनको हातको शल्यक्रिया नै गर्नु प-यो । शल्यक्रियापछि गेब्रियल अस्पतालबाट घर फर्किए। तर, दुई–तीन दिनपछि फेरि दुखाइ र अन्य घाउको  सामना गर्नुपरेको थियो । त्यसपछिको तीन दिनमा उनको हात रातो  र सुन्निन थाल्यो । जसकारण  उनको हातको छाला पनि सड्न थाल्यो र काँधसम्म फैलियो । गेब्रियललाई फेरि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ब्याक्टेरियल इन्फेक्सन भएको अनुसन्धानले देखाएको छ।

जब यो संक्रमण गेब्रियलको सम्पूर्ण शरीरमा फैलिन थाल्यो, डाक्टरहरूले ग्याब्रियलको १० दिनमा ११ वटा शल्यक्रिया गरेका थिए । अन्ततः उनीहरूले गेब्रियलको हात काट्नुपर्‍यो। यसपछि उनी पूर्णरुपमा ठिक भएपनि अब उनले बाँकी जीवन एक हातको साहाराले बिताउनु पर्ने भएको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ