२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ धुलिखेलमा नगरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर

धुलिखेलमा नगरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर


काभ्रे-धुलिखेल नगरपालिकामा स्वास्थय शिविर संचालन गरिएको छ । नीवित फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकीहरुमा निःशुल्क महिला तथा स्त्री रोग तथा बाझोपनसँग सम्बन्धित शिविर संचालन गरिएको हो ।

शिविरबाट कुल ४ सय ४५ जना लाभान्वित भएको जीवित फाउण्डेशनका उपाध्यक्ष शिव पौडेलले जानकारी दिए । सेवा लिएकाहरुमध्ये १ सय १५ जनाको ट्याप स्नेयर टेष्ट गरिएको थियो भने ८३ जनामा संक्रमण पाइएको देखिएको छ । संक्रमितको उपचारको लागि अस्पतालसँग समन्वय गरिएको छ ।

साउन ४ बाट सुरु भएर भाद्र ९ गतेसम्म क्याम्प संचालन भएको हो । धुलिखेल नगरका उप प्रमुख निराजन जंगमले क्याम्पबाट  नगरका महिलाहरु विषेशतः लाभान्वित भएको बताउँदै आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ