२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ विराट मेडिकल कलेजका विद्यार्थीले मनाए विश्व आत्महत्या रोकथाम दिवस

विराट मेडिकल कलेजका विद्यार्थीले मनाए विश्व आत्महत्या रोकथाम दिवस


विराटनगर—विराट मेडिकल कलेजले विश्व आत्महत्या रोकथाम दिवस मनाएको छ । १० सेप्टेम्बरमा कलेजमा अध्ययनरत सातौं ब्याचका विद्यार्थीहरुले सचेतनामूलक नाटक ¥यालीको आयोजना गरी विश्व आत्महत्या रोकथाम दिवस मनाएका हुन् ।

साथै, आत्महत्या रोकथाममा आफ्नो समर्थन र साथ जनाउँदै दिप प्रज्वलनको कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले मानव जीवनको मूल्य बुझेर आफ्नो जीवनमा आइपर्ने जस्तो सुकै परिस्थितीमा पनि यस्ता पाइला नबढाउन र आफूमाथि स्वयं अपराध नगर्न अनुरोध गरेका छन् ।

१० सेप्टेम्बरमा यस पटकको विश्व आत्महत्या रोकथाम दिवस ‘कार्यहरुमार्फत आशालाई जगाउने’ भन्ने नारासहित विश्वभर मनाइएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ