२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालको ‘सिटी स्क्यान’ बिग्रियो, बिरामी निजीमा १० हजारसम्म बढी शुल्क तिर्न बाध्य

कोशी अस्पतालको ‘सिटी स्क्यान’ बिग्रियो, बिरामी निजीमा १० हजारसम्म बढी शुल्क तिर्न बाध्य


विराटनगर—प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा ‘सिटी स्क्यान’ बिग्रिदा बिरामी मारमा परेका छन् । कोशी अस्पतालको ‘सिटी स्क्यान’ बिग्रिएकाले बिरामी महंगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य छन् ।

कोशीमा अस्पतालमा दैनिक आउने १ हजारदेखि १ हजार ५ सय बिरामीमध्ये ४० प्रतिशतलाई अल्ट्रा साउण्ड र ८/१० प्रतिशतलाई सिटी स्क्यान, एमआरआई र एक्सरेको आवश्यकता पर्छ । तर, कोशी अस्पतालकोे सिटी स्क्यान बिग्रिएको छ ।

कोशीको सिटी स्क्यानको ट्युब बिग्रिएको छ र ट्युब परिवर्तन गर्न १ करोड खर्च लाग्ने अस्पताल स्रोतले जनाएको छ । कोशीको सिटी स्क्यान बिग्रिएले मार विरामीलाई परेको हो ।

अहिले बिरामी निजी अस्पताल जानुपर्ने बाध्यतामा छन् । कोशीमा २ हजार ६ सय रुपैयाँमा हुने सिटी स्क्यानका लागि निजी अस्पतालमा ६ देखि १० हजारभन्दा बढी तिर्नुपर्छ ।

पछिल्लो वर्ष कोशीमा अस्पतालमा नयाँ–नयाँ उपकरण भित्र्याइएपनि बिरामीको भारलाई धान्ने क्षमता भने नरहेको बताइन्छ । सरकारीमाभन्दा अगाडि भित्र्याइएको निजी अस्पतालमा उपकरण बिग्रिएको खासै सुनिदैन् । तर, सरकारीमा नयाँ होस् वा पुरानो, साना होस् ठूला उपकरण महिनैपिच्छे बिग्रिन्छन् । नयाँ किन्दा वा मर्मत गर्दा पाइने कमिसनले पनि सरकारी अस्पतालका उपकरण धेरै बिग्रनुमा ‘नियत’लाई समेत दोष दिने गरिएको छ ।

कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले चाँडै बिग्रिएको सिटी स्क्यान बन्ने बताए । ‘सिटीस्क्यान सप्लाई गर्ने कम्पनीबाट इन्जिनियरहरु हेरेर गएका छन् । फ्री अफ कस्टमा कसरी बनाउने भन्ने उपाय हामीले खोजेका छौं,’ मेसु यादवले भने, ‘एउटा मेसिन नेपालगन्जमा रहेको भन्ने खबर आएको छ । स्वास्थ्य सेवा विभागसँग समन्वय गरी त्यहाँबाट उपकरणहरु ल्याएर चाँडै बनाउने प्रयत्नमा लागि परेको छु ।’


क्याटेगोरी : प्रदेश १, समाचार
ट्याग : #कोशी अस्पताल, #सिटी स्क्यान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ