२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ अफ्रिकाले पहिलो पटक एम–पक्स विरुद्धको भ्याक्सिन प्राप्त गर्दै

अफ्रिकाले पहिलो पटक एम–पक्स विरुद्धको भ्याक्सिन प्राप्त गर्दै


अफ्रिकाका स्वास्थ्य अधिकारीले अफ्रिकाले चाँडै नै एम पक्स भाइरसको भ्याक्सिन प्राप्त गर्ने जनाएका छन् । दक्षिण कोरियाद्धारा सहयोगका रूपमा उक्त भ्याक्सिन प्राप्त हुन लागेको विदेशी सञ्चारमाध्यमले जनाएका हुन् ।

कहिले भ्याक्सिन आइपुग्ने भन्ने मिति तय नभए पनि उपदानमा प्राप्त हुने भ्याक्सिनको ५० हजार डोज स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरहरुलाई लगाइने अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्ले जनाएको छ ।

अफ्रिकाका १३ देशमा फैलिएको यो भाइरसका कारण २०२२ मा २०२ जनाको मृत्यु भएको छ । एम पक्स मंकीपक्स भाइरसको परिवर्तित नाम हो । खोपकै लागि अफ्रिकाले कयौँ महिना कुरेको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अफ्रिकाका सिडिसी निर्देशक अहमद अगवेलले कङ्गोमा पछिल्लो हप्ता मात्रै ५१ जनामा यो भाइरस देखिएको जनाएका छन् । त्यस्तै घाना र नाइजेरियामा पनि यो भाइरसका कारण प्रभावित भएको उनले जनाएका छन् ।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ