२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यअफ्रिकाले पहिलो पटक एम–पक्स विरुद्धको भ्याक्सिन प्राप्त गर्दै

अफ्रिकाले पहिलो पटक एम–पक्स विरुद्धको भ्याक्सिन प्राप्त गर्दै


अफ्रिकाका स्वास्थ्य अधिकारीले अफ्रिकाले चाँडै नै एम पक्स भाइरसको भ्याक्सिन प्राप्त गर्ने जनाएका छन् । दक्षिण कोरियाद्धारा सहयोगका रूपमा उक्त भ्याक्सिन प्राप्त हुन लागेको विदेशी सञ्चारमाध्यमले जनाएका हुन् ।

कहिले भ्याक्सिन आइपुग्ने भन्ने मिति तय नभए पनि उपदानमा प्राप्त हुने भ्याक्सिनको ५० हजार डोज स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरहरुलाई लगाइने अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्ले जनाएको छ ।

अफ्रिकाका १३ देशमा फैलिएको यो भाइरसका कारण २०२२ मा २०२ जनाको मृत्यु भएको छ । एम पक्स मंकीपक्स भाइरसको परिवर्तित नाम हो । खोपकै लागि अफ्रिकाले कयौँ महिना कुरेको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अफ्रिकाका सिडिसी निर्देशक अहमद अगवेलले कङ्गोमा पछिल्लो हप्ता मात्रै ५१ जनामा यो भाइरस देखिएको जनाएका छन् । त्यस्तै घाना र नाइजेरियामा पनि यो भाइरसका कारण प्रभावित भएको उनले जनाएका छन् ।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ