२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ जाडोमा शारीरिक अभ्यासमा सम्झौता नगरौं, घरभित्रै गर्न सकिन्छ एक्सरसाइज

जाडोमा शारीरिक अभ्यासमा सम्झौता नगरौं, घरभित्रै गर्न सकिन्छ एक्सरसाइज


काठमाडौं—जाडो मौसममा बाहिर निस्कने मन धेरैले गर्दैनन् । यो समयमा प्रायः सबै मानिस न्यानो लुगा लगाएर घर भित्रै बस्ने गर्छन् । जाडो मौसमा शरीरको तापक्रम घट्दो क्रममा भैरहेको हुन्छ ।

यो समयमा मर्निङ वाकमा निस्किनेहरुको संख्या पनि घटिरहेको हुन्छ । घरबाट बाहिर कमै निस्किने हुँदा शारीरिक अभ्यासमा कमी आइरहेको हुनछ । तर, यो समयमा पनि शारीरिक गतिविधीमा सम्झौता गर्नु हुँदैन । जाडोमा घरमै पनि गर्न मिल्ने शारीरिक अभ्यासबारे फिजियोथेरापिस्ट कला भण्डारीले केही टिप्स हेल्थआवाजमार्फत बताएकी छन् ।

घरमै एक्सरसाइज गर्न मिल्छ ?
जाडो मौसममा घरभित्रै गर्न मिल्ने शारीरिक अभ्यासहरु धेरै छन् । तर, ती सबै अभ्यास सबैले गर्न भने मिल्दैन् । जस्तै कुनै मानिस रोगका बिरामी छ भने उसले सबै शारिरीक अभ्यास गर्न मिल्दैन् । उसले आफनो डाक्टरको सल्लाहअनुसार नै एक्सरसाइजमा जानुपर्छ ।

तर, सामान्य मानिस वा निरोगी र स्वस्थ मानिसले घर भित्रै पनि थुप्रै एक्सरसाइज गर्न सक्छन् । तर, ती सबै एक्सरसाइज पिजियो थेरापिस्टको सल्लाहमा लिएर मात्रै गर्न मिल्छ । जुनसुकै समयमा सबै एकसाइज गर्न भने मिल्दैन् ।

घरभित्रै गर्न मिल्ने एक्सरसाइज

१.घाटीको एक्सरसाइज
कम्प्युटरमा बस्ने मानिसहरुले घाटीको भाग बलियो बनाउने एक्सरसाइज गर्नुपर्ने हुन्छ । जुन घरभित्रै या अफिसभित्रै पनि गर्न सकिन्छ । कम्प्युटरमा लामो समयसम्म बसेर काम गर्ने मानिसहरुको हात र नेकमा समस्या हुन सक्छ । त्यसैले लामो समयसम्म कम्प्युटरमा काम गरे तापनि बीच— बीचमा एक छिन उठेर नेकको एक्सरसाइज गर्न मिल्छ । नेकको एक्सरसाइजको लागि फिजियोथेरापिस्टको सल्लाह लिएर मात्रै गर्ने गर्नुपर्छ ।

२. फ्रोजन सोल्डरको एक्सरसाइज
वृद्धवृद्धाहरूमा जाडो बढेसँगै फ्रोजन सोल्डर भन्ने एउटा कन्डिसन हुन्छ । जसमा हातहरु सोल्डरभन्दा माथि नजाने हुन्छ । हातहरु राम्रोसँग नचल्ने अवस्थामा त्यसका लागि घरमै सोल्डर पुल्लीहरु जडान गरेर एक्सरसाइज गर्न सकिन्छ ।

३. थेराब्यान्ड एक्ससाइज
यो एक्सरसाइज सबैलाई गर्न मिल्छ । हातमा फोकस गर्नको लागि थेराब्यान्ड एकसाइज हुन्छ । जसमा रबरलाई पुल गर्नुपर्ने हुन्छ ।

४. डोरी खेलाउने
यो एक्सरसाइज बच्चाहरुलाई सजिलै गराउन मिल्ने एक्सरसाइज हो । जाडो महिनामा बच्चाहरु बाहिर खेल्न मान्दैनन्, एक ठाउँमा बसेर मोवाइल या टिभी हेरिरहेका हुन्छन् । त्यो बेला घरभित्रै बलहरू खेलाउन र डोरी खेलाउन खेलाउन सकिन्छ ।

अहिले घरमै पनि गर्न मिल्ने एक्ससाइजमा कार्डियो एक्ससाइजहरु पनि पर्छ । यसमा अवस्था र उमेर हेरेर कार्डियो एक्ससाइज गर्नुपर्छ । यसमा रनिङ, साइकिलिङ, सामान्य शारीरिक व्यायाम पर्दछन् । कार्डियो एक्ससाइज गर्दा रक्तचापमा कमी, ढाड तथा गर्दन दुखाइमा कमी, नसासम्बन्धी समस्याबाट मुक्त हुन सहयोग पुग्छ । यी सबै एक्ससाइज फिजियोथेरापिस्टको सल्लाह लिएर गर्न सकिन्छ ।

प्रस्तुति : भूमिका बिष्ट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ