२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यजाडोमा शारीरिक अभ्यासमा सम्झौता नगरौं, घरभित्रै गर्न सकिन्छ एक्सरसाइज

जाडोमा शारीरिक अभ्यासमा सम्झौता नगरौं, घरभित्रै गर्न सकिन्छ एक्सरसाइज


काठमाडौं—जाडो मौसममा बाहिर निस्कने मन धेरैले गर्दैनन् । यो समयमा प्रायः सबै मानिस न्यानो लुगा लगाएर घर भित्रै बस्ने गर्छन् । जाडो मौसमा शरीरको तापक्रम घट्दो क्रममा भैरहेको हुन्छ ।

यो समयमा मर्निङ वाकमा निस्किनेहरुको संख्या पनि घटिरहेको हुन्छ । घरबाट बाहिर कमै निस्किने हुँदा शारीरिक अभ्यासमा कमी आइरहेको हुनछ । तर, यो समयमा पनि शारीरिक गतिविधीमा सम्झौता गर्नु हुँदैन । जाडोमा घरमै पनि गर्न मिल्ने शारीरिक अभ्यासबारे फिजियोथेरापिस्ट कला भण्डारीले केही टिप्स हेल्थआवाजमार्फत बताएकी छन् ।

घरमै एक्सरसाइज गर्न मिल्छ ?
जाडो मौसममा घरभित्रै गर्न मिल्ने शारीरिक अभ्यासहरु धेरै छन् । तर, ती सबै अभ्यास सबैले गर्न भने मिल्दैन् । जस्तै कुनै मानिस रोगका बिरामी छ भने उसले सबै शारिरीक अभ्यास गर्न मिल्दैन् । उसले आफनो डाक्टरको सल्लाहअनुसार नै एक्सरसाइजमा जानुपर्छ ।

तर, सामान्य मानिस वा निरोगी र स्वस्थ मानिसले घर भित्रै पनि थुप्रै एक्सरसाइज गर्न सक्छन् । तर, ती सबै एक्सरसाइज पिजियो थेरापिस्टको सल्लाहमा लिएर मात्रै गर्न मिल्छ । जुनसुकै समयमा सबै एकसाइज गर्न भने मिल्दैन् ।

घरभित्रै गर्न मिल्ने एक्सरसाइज

१.घाटीको एक्सरसाइज
कम्प्युटरमा बस्ने मानिसहरुले घाटीको भाग बलियो बनाउने एक्सरसाइज गर्नुपर्ने हुन्छ । जुन घरभित्रै या अफिसभित्रै पनि गर्न सकिन्छ । कम्प्युटरमा लामो समयसम्म बसेर काम गर्ने मानिसहरुको हात र नेकमा समस्या हुन सक्छ । त्यसैले लामो समयसम्म कम्प्युटरमा काम गरे तापनि बीच— बीचमा एक छिन उठेर नेकको एक्सरसाइज गर्न मिल्छ । नेकको एक्सरसाइजको लागि फिजियोथेरापिस्टको सल्लाह लिएर मात्रै गर्ने गर्नुपर्छ ।

२. फ्रोजन सोल्डरको एक्सरसाइज
वृद्धवृद्धाहरूमा जाडो बढेसँगै फ्रोजन सोल्डर भन्ने एउटा कन्डिसन हुन्छ । जसमा हातहरु सोल्डरभन्दा माथि नजाने हुन्छ । हातहरु राम्रोसँग नचल्ने अवस्थामा त्यसका लागि घरमै सोल्डर पुल्लीहरु जडान गरेर एक्सरसाइज गर्न सकिन्छ ।

३. थेराब्यान्ड एक्ससाइज
यो एक्सरसाइज सबैलाई गर्न मिल्छ । हातमा फोकस गर्नको लागि थेराब्यान्ड एकसाइज हुन्छ । जसमा रबरलाई पुल गर्नुपर्ने हुन्छ ।

४. डोरी खेलाउने
यो एक्सरसाइज बच्चाहरुलाई सजिलै गराउन मिल्ने एक्सरसाइज हो । जाडो महिनामा बच्चाहरु बाहिर खेल्न मान्दैनन्, एक ठाउँमा बसेर मोवाइल या टिभी हेरिरहेका हुन्छन् । त्यो बेला घरभित्रै बलहरू खेलाउन र डोरी खेलाउन खेलाउन सकिन्छ ।

अहिले घरमै पनि गर्न मिल्ने एक्ससाइजमा कार्डियो एक्ससाइजहरु पनि पर्छ । यसमा अवस्था र उमेर हेरेर कार्डियो एक्ससाइज गर्नुपर्छ । यसमा रनिङ, साइकिलिङ, सामान्य शारीरिक व्यायाम पर्दछन् । कार्डियो एक्ससाइज गर्दा रक्तचापमा कमी, ढाड तथा गर्दन दुखाइमा कमी, नसासम्बन्धी समस्याबाट मुक्त हुन सहयोग पुग्छ । यी सबै एक्ससाइज फिजियोथेरापिस्टको सल्लाह लिएर गर्न सकिन्छ ।

प्रस्तुति : भूमिका बिष्ट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ