गृहपृष्ठ ∕ समाचार ∕ भारतद्वारा २०० थान मिर्गौला डायलाइसिस मेसिन सहयोग भारतद्वारा २०० थान मिर्गौला डायलाइसिस मेसिन सहयोग हेल्थ आवाज सोमबार, २०७९ फागुन ८ गते, १३:४७ मा प्रकाशित काठमाडौँ – भारतले नेपाललाई २ सय थान मिर्गौला डायलाइसिस मेसिन प्रदान गरेको छ । नेपाल र भारतको कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसर पारेर आयोजित कार्यक्रममा उक्त मेसिन नेपालका लागि भारतीय राजदूत श्री नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई हस्तान्तरण गरे । मन्त्री गिरीले धेरै मानिसले समयमै डायलाइसिस सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त २ सय थान डायलाइसिसले धेरै हदसम्म समस्या हटाउने बताए । ‘हामीले आवश्यक ठाउँमा यी मेसिनलाई पु¥याउन सकेमा डायलाइसिसका लागि समय पर्खिनु पर्ने समस्या हट्छ’, उनले भने, ‘भूकम्प र कोभिड पछिको अवस्थामा भारत सरकारको सहयोग उल्लेखनीय छ । नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय छ ।’ मन्त्री गिरीले नेपाल र भारतबिच सरकार–सरकारमा मात्र नभई जनतामाझ पनि सामाजिक र आर्थिक रूपले घनिष्ठ सम्बन्ध रहेको बताए । ‘भारतले पनि छिमेकीलाई प्राथमिकता दिने नीति लिएको छ । यो हाम्रो लागि खुसीको कुरा हो । यही कारण हामी लामो समयदेखि सहकार्य गरिरहेका छौँ । भारतबाट स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि जुन सहयोग आएको छ, त्यो सहयोग हाम्रा लागि अमूल्य छ’, गिरीले भने । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’