२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा वर्षेनी ३२ हजारभन्दा बढी क्षयरोगका बिरामी अझै पनि उपचारको दायरा बाहिर

नेपालमा वर्षेनी ३२ हजारभन्दा बढी क्षयरोगका बिरामी अझै पनि उपचारको दायरा बाहिर


काठमाडौँ – नेपालमा वर्षेनी ३२ हजारभन्दा बढी क्षयरोगका बिरामीहरू उपचारको दायरामा आउन नसकिरहेको पाइएको छ । मार्च २४ को विश्व क्षयरोग दिवसको अवसर पार्दै राष्ट्रिय क्षयरोग निवारण केन्द्रद्वारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको हो ।

विज्ञप्तिमा, नेपालमा नयाँ र पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामीहरू हुने गरेको जनाउँदै आर्थिक वर्ष ७८/७९ मा ३७ हजार ८६१ जना नयाँ बिरामी दर्ता गरिएको जनाइएको छ । त्यसमा ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र ८.७ प्रतिशत बालबालिकामा यो रोग लागेको जनाइएको छ । ९१.५ प्रतिशत क्षयरोगका बिरामीहरूको भने सफलता पूर्वक उपचार भइसकेको छ ।

त्यस्तै, आइपरेको चुनौतीहरूको सामना गर्न तयार पारिएको २०७८/७९ – २०८२/८३ को लागि पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनमै रहेको जनाइएको छ । रणनीतिलाई कार्यान्वयन गर्नका लागि १० वटा कार्यनीतिहरू तय गरिएको बताइएको हो ।

२ हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लागिरहनु, साँझपख ज्वरो आउनु, तौल घट्नु, खकारमा कहिलेकहीँ रगत देखा पर्नु र खाना खान मन नलाग्नुजस्ता क्षयरोगको लक्षणलाई पहिचान गर्न सके चाँडै उपचार गरी निको हुन सकिने जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनको मूल नारा ‘हो, हामी क्षयरोगको अन्त्य गर्छौँ’लाई आत्मसात् गर्दै  मनाउन लागिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ