२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ खेतीपाती लगाउने समयमा पशुहरुमा देखियो ‘लम्पी स्कीन’

खेतीपाती लगाउने समयमा पशुहरुमा देखियो ‘लम्पी स्कीन’


वीरेन्द्रनगर—रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पशुहरुमा लम्पी स्कीन रोग देखा परेको छ । खेतीपातीको सिजन आएका बेला पशुहरुमा लम्पी स्कीन रोग देखा पर्न लागेको पशु सेवा शाखा आठबिसकोटले जनाएको छ ।

आठबिसकोट नगरपालिकाको वडा नं ११ का पशुहरुमा लम्पी स्कीन रोग देखा परेको नगरपालिका पशु सहायक प्राविधिक कमल केसीले जानकारी दिए । आठबिसकोट नगरपालिकाका गाई र गोरुमा लम्पी स्कीन रोग व्यापक रुपमा फैलिरहेको छ ।

यो रोग देखा परेमा पशु सेवा शाखामा सम्पर्क गर्न पशु प्राविधिक उपेन्द्र ओलीले अनुरोध गरेका छन् । जटिल अवस्था भएमा सतर्कता अपनाउन र आफ्नो पशुको समयमै उपचार गर्नका लागि पशु सेवा शाखामा आउन कृषकहरुले उनले आग्रह गरेका हुन् ।

खेतीपातीको काम शरु हुने बेलामा गाई वस्तुमा लम्पी स्कीन रोग देखिन थालेपछि समस्या भएको आठबिसकोट ११ का किसान कर्णबहादुर खड्काले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ