२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ डेढ करोड मुल्य तोकिएका भारतीय माओवादी नेता कट्टम सुदर्शनको हृदयघातबाट मृत्यु

डेढ करोड मुल्य तोकिएका भारतीय माओवादी नेता कट्टम सुदर्शनको हृदयघातबाट मृत्यु


राँची—भारत सरकारले १ करोड ६० लाख  रुपैयाँ टाउकाको मुल्य तोकेका माओवादी नेता कट्टम सुदर्शनको मृत्यु भएको छ । ३१ मेमा उनको हृद्धयघातका कारण निधन भएको माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोटमार्फत जानकारी दिएका छन् ।

उनी भारतीय माओवादीका प्रमुख लिडरमध्येमा पर्छन् । भारतीय माओवादी पोलिटव्युरो सदस्य रहेका कट्टम सुदर्शन पार्टीभित्र दोस्रो वरियताका नेता हुन् ।

तलंगनाको आलियावाद घर भएका उनी ६६ वर्षको रहेको अनुमान गरिएको छ । भारतीय माओवादी गरेका केही ठूला आक्रमणमा उनको संलग्नता रहेको मानिन्छ ।

उनको वास्तविक नाम आनन्द थियो । उनको भूमिगत जीवन सुरु गरेको ४८ वर्षमा छत्तीगढ क्षेत्रमा निधन भएको भारतीय माओवादीले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ