२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटमा सुत्केरी हुन नसकेर ३२ वर्षीया गर्भवतीको मृत्यु

जाजरकोटमा सुत्केरी हुन नसकेर ३२ वर्षीया गर्भवतीको मृत्यु


वीरेन्द्रनगर—जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु भएको छ । बिहीबार सुरक्षित सुत्केरी सेवाको अभावमा जिल्लाको छेडागाड नगरपालिका– ८ रुवाकी ३२ वर्षीया सोविता गिरीको मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि उपचार नपाउँदा उनको अकालमै ज्यान गुमाउनु परेको स्थानीय शिक्षक गोरखबहादुर बुढाले बताए ।

‘तीन घण्टा टाढा रहेको पजारु स्वास्थ्य संस्था लगिदिने कोही नहुँदा र हेलचेक्रयाइ गर्दा उनको ज्यान गएको हो,’ उनले भने, ‘यसअघि नै दुई छोरा र एक छोरी थिए । चौथो पटक सुत्केरी थिइन् ।’

केही वर्षअघि लडेर घाइते भएका उनका श्रीमान् ज्ञानबहादुर गिरी र ससुरासमेत अशक्त छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ