२०८३ असोज १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रुकुम पश्चिममा २८ लाख रुपैयाँ लगानीमा ब्लड बैंक सञ्चालन

रुकुम पश्चिममा २८ लाख रुपैयाँ लगानीमा ब्लड बैंक सञ्चालन


वीरेन्द्रनगर—रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा पहिलोपटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नम्बर १ मा ब्लड बैंक सञ्चालनमा आएको हो ।

ब्लड बैंकको उद्घाटन पश्चात विभिन्न रक्त समूह भएका १२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेले जानकारी दिए ।

दुई वर्षअघि ब्लड बैंक स्थापनाको तयारी भएपनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष लामिछानेले बताए ।

ब्लड बैंक निर्माणका लागि हालसम्म ४० लाख रुपैयाँ खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा २८ लाख रुपैयाँ र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको लामिछानेले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ