२०८३ असोज १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ औषधि व्यवस्था विभागमा हेल्प डेस्क सञ्चालन

औषधि व्यवस्था विभागमा हेल्प डेस्क सञ्चालन


काठमाडौं– औषधि व्यवस्था विभागको कार्यालय परिसरमा सेवाग्राही सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ । आइतबार विभागले एक सूचना जारी गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरी सञ्चालनमा ल्याइएको जनाएको छ ।

विभागले फार्मेसीको दर्ता सम्बन्धि नयाँ दर्ता, नवीकरण, फार्मेसी दर्ता रद्द सम्बन्धि नियमित सेवा दिँदै आएको छ ।

उक्त सेवालाई थप व्यवस्थित र सेवाग्रही मैत्री बनाउने उदेश्यका साथ हेल्प डेस्क सञ्चालनमा ल्याइएको विभागले विज्ञप्तिमा जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ