गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा आजदेखि पाठेघर क्यान्सरविरुद्धको खोप शुरु कर्णालीमा आजदेखि पाठेघर क्यान्सरविरुद्धको खोप शुरु हेल्थ आवाज बुधबार, २०८० भदौ २७ गते, १२:४७ मा प्रकाशित वीरेन्द्रनगर– कर्णाली प्रदेशका आठ सय बालिकालाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउन शुरु गरिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आजबाट पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउन शुरु गरिएको हो । भदौ २७ गतेदेखि ३० गतेसम्म १४ वर्ष उमेरका ८०१ बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पाइलट कार्यक्रममार्फत कर्णाली प्रदेशका लागि हाललाई प्रादेशिक अस्पताल सुर्खेतमा सो खोप उपलब्ध गराएको स्वास्थ्य विभागका खोप फोकल पर्सन पार्थमणि न्यौपानेले जानकारी दिए । ‘महाशाखाले देशका अन्य छ स्थानमा पनि सो खोप लगाउँदै छ ।’ उनले भने, ‘पाठेघरको मुखको क्यान्सर लाग्ने दर बढ्दो रहेकाले नेपाल सरकारले पाइलट कार्यक्रमका लागि यो खोप कार्यक्रम ल्याएको हो ।’ कर्णालीमा ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका ५४ महिलाको परीक्षण गर्दा पाँच जनामा सो रोग देखा परेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । ‘अस्पतालका लागि ८०१ जना १४ वर्ष उमेर समूहका बालिकाका लागि मात्र सो खोप लगाउन शुरु भएको छ ।’ उनले भने,‘प्रदेश अस्पतालमा खेर जान सक्नेसहित गरी ८४१ डोज खोप आएको छ । त्यसमध्ये ८०१ जना बालिकालाई खोप लगाइने छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. थापा नियुक्त सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न… स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग विकट मुगुका ‘बल डाक्टर’ कर्णालीले विपन्नलाई अस्पताल जाने-आउने यातायात खर्च उपलब्ध गराउने मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विकट मुगुका ‘बल डाक्टर’ ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ नेपालीको जीवनशैली बनिसकेको खोप ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन न्यूरोको रजत जयन्तीः २५ वर्षमा २५ लाखको उपचार, कोशी र मधेशका तीन ठाउँमा सेवा विस्तार गर्ने गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग विकट मुगुका ‘बल डाक्टर’ ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन न्यूरोको रजत जयन्तीः २५ वर्षमा २५ लाखको उपचार, कोशी र मधेशका तीन ठाउँमा सेवा विस्तार गर्ने गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग विकट मुगुका ‘बल डाक्टर’ ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण