गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा आजदेखि पाठेघर क्यान्सरविरुद्धको खोप शुरु कर्णालीमा आजदेखि पाठेघर क्यान्सरविरुद्धको खोप शुरु हेल्थ आवाज बुधबार, २०८० भदौ २७ गते, १२:४७ मा प्रकाशित वीरेन्द्रनगर– कर्णाली प्रदेशका आठ सय बालिकालाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउन शुरु गरिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आजबाट पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउन शुरु गरिएको हो । भदौ २७ गतेदेखि ३० गतेसम्म १४ वर्ष उमेरका ८०१ बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पाइलट कार्यक्रममार्फत कर्णाली प्रदेशका लागि हाललाई प्रादेशिक अस्पताल सुर्खेतमा सो खोप उपलब्ध गराएको स्वास्थ्य विभागका खोप फोकल पर्सन पार्थमणि न्यौपानेले जानकारी दिए । ‘महाशाखाले देशका अन्य छ स्थानमा पनि सो खोप लगाउँदै छ ।’ उनले भने, ‘पाठेघरको मुखको क्यान्सर लाग्ने दर बढ्दो रहेकाले नेपाल सरकारले पाइलट कार्यक्रमका लागि यो खोप कार्यक्रम ल्याएको हो ।’ कर्णालीमा ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका ५४ महिलाको परीक्षण गर्दा पाँच जनामा सो रोग देखा परेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । ‘अस्पतालका लागि ८०१ जना १४ वर्ष उमेर समूहका बालिकाका लागि मात्र सो खोप लगाउन शुरु भएको छ ।’ उनले भने,‘प्रदेश अस्पतालमा खेर जान सक्नेसहित गरी ८४१ डोज खोप आएको छ । त्यसमध्ये ८०१ जना बालिकालाई खोप लगाइने छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर अभियन्ताका नाममा ज्यान मार्ने धम्की दिइएको भन्दैं कर्णाली प्रतिष्ठानका चिकित्सक… समयमा निर्माण भएनन् जुम्लाका दुई ग्रामीण अस्पताल जब कर्णालीमाथिको बाटोमा एक्लै सुत्केरी भइन् ३० वर्षीया साङमु… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा