२०८३ असोज १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो उपकुलपति 

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो उपकुलपति 


काठमाडौं—मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पद नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । मधेस पदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै प्रतिष्ठानमा चार महिनादेखि रिक्त रहेको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

प्रतिष्ठानको उपकुलपति पदका लागि प्रतिष्ठान ऐन, २०७७ को दफा १६ (१) बमोजिम चिकित्सा शास्त्रका प्रधानाध्यापक मध्येबाट योग्यता पुगेका आवेदकले १५ दिन भित्र आवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि प्रतिष्ठानमा प्रा. डा. रामकेवल साह उपकुलपति थिए । कलेजोको क्यान्सरबाट गत जेठमा उनको निधन भएपछि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पद रिक्त रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ