गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं १ अर्ब रुपैयाँ लगानीमा शैक्षिक भवन पनि निर्माण गरिदैं सुनील सापकोटा शुक्रबार, २०८१ भदौ १४ गते, १०:१९ मा प्रकाशित पोखरा— पोखराको गण्डकी मेडिकल कलेजले ७५० शैय्याको विशिष्टीकृत अस्पताल बनाउने भएको छ । पोखराको रिठेपानीमा बन्ने साढे ७५० शैय्याको अस्पताल बनाउन करिब ३ अर्ब लगानी लाग्ने बताइएको छ । १२ भदौंमा अस्पताल भवनको अस्पतालका अध्यक्ष खुमा अर्यालले शिलान्यास गरेका हुन् । पोखरा नयाँबजारमा बिरामीको चाप बढेपछि साँघुरो भएकाले साढे ४ लाख ५० हजार वर्ग फिटमा क्षेत्रफलमा अस्पताल बनाउन लागिएको हो । अहिले चलिरहेको अस्पताल सिटी अस्पतालका रुपमा रहने डा. रवीन्द्रप्रसाद श्रेष्ठले बताए । यसैगरी, गण्डकी मेडिकल कलेजले पोखरा—२७ छत्रेढुंगामा शैक्षिक कार्यक्रम स्थानान्तरण गर्न १ अर्ब रुपैयाँ लगानीमा शैक्षिक भवनको पनि निर्माण गर्न लागेको छ । १ लाख १४ हजार वर्ग फिट क्षेत्रफलमा बनाइने उक्त भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वि.सं. २०६४ सालमा स्थापित जिएमसीबाट एमबीबीएस/बिडिएसतर्फ करिब साढे ६ सय र नर्सिङ तथा एलाइड साइन्सेजतर्फ १ सयभन्दा बढीले पास आउट भइसकेका छन् । एमडी/एमएस तथा एमपिएचतर्फ ५० जना पास आउट भइसकेको मेडिकल कलेजले जनाएको छ । अस्पतालले करिब १२ सय जनालाई रोजगारी प्रदान गरेको छ । गण्डकीका संचालक खुमाले भैरहवामा युनिभर्सल मेडिकल कलेज चलाइरहेका छन् भने नेपालगन्ज मेडिकल कलेजमा उनको लगानी छ । अर्यालले दाङमा पनि अस्पताल बनाइरहेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज