गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं १ अर्ब रुपैयाँ लगानीमा शैक्षिक भवन पनि निर्माण गरिदैं सुनील सापकोटा शुक्रबार, २०८१ भदौ १४ गते, १०:१९ मा प्रकाशित पोखरा— पोखराको गण्डकी मेडिकल कलेजले ७५० शैय्याको विशिष्टीकृत अस्पताल बनाउने भएको छ । पोखराको रिठेपानीमा बन्ने साढे ७५० शैय्याको अस्पताल बनाउन करिब ३ अर्ब लगानी लाग्ने बताइएको छ । १२ भदौंमा अस्पताल भवनको अस्पतालका अध्यक्ष खुमा अर्यालले शिलान्यास गरेका हुन् । पोखरा नयाँबजारमा बिरामीको चाप बढेपछि साँघुरो भएकाले साढे ४ लाख ५० हजार वर्ग फिटमा क्षेत्रफलमा अस्पताल बनाउन लागिएको हो । अहिले चलिरहेको अस्पताल सिटी अस्पतालका रुपमा रहने डा. रवीन्द्रप्रसाद श्रेष्ठले बताए । यसैगरी, गण्डकी मेडिकल कलेजले पोखरा—२७ छत्रेढुंगामा शैक्षिक कार्यक्रम स्थानान्तरण गर्न १ अर्ब रुपैयाँ लगानीमा शैक्षिक भवनको पनि निर्माण गर्न लागेको छ । १ लाख १४ हजार वर्ग फिट क्षेत्रफलमा बनाइने उक्त भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वि.सं. २०६४ सालमा स्थापित जिएमसीबाट एमबीबीएस/बिडिएसतर्फ करिब साढे ६ सय र नर्सिङ तथा एलाइड साइन्सेजतर्फ १ सयभन्दा बढीले पास आउट भइसकेका छन् । एमडी/एमएस तथा एमपिएचतर्फ ५० जना पास आउट भइसकेको मेडिकल कलेजले जनाएको छ । अस्पतालले करिब १२ सय जनालाई रोजगारी प्रदान गरेको छ । गण्डकीका संचालक खुमाले भैरहवामा युनिभर्सल मेडिकल कलेज चलाइरहेका छन् भने नेपालगन्ज मेडिकल कलेजमा उनको लगानी छ । अर्यालले दाङमा पनि अस्पताल बनाइरहेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ