गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ गाउँपालिकाको नमुना काम, घरदैलोमा सुत्केरी सेवा गाउँपालिकाको नमुना काम, घरदैलोमा सुत्केरी सेवा हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक २६ गते, १०:०३ मा प्रकाशित बुटवल—प्रदेश नं ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेर पूर्वखोला खाउँपालिका पाल्पाले नयाँ अभियनको सुरुवात गरेको छ । गाउँपालिकाले ग्रामीण क्षेत्रका गर्भवती महिलाहरुले घरमै सुत्केरी गराउँदा हुने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्दै आएको छ । घरमा सुत्केरी गराउने संख्या शुन्य भएपछि पूर्ण संस्थागत सुत्केरी गराउने गाउँपालिका घोषणा भैसकेको गाउँपालिकाले यसलाई दिगो बनाउन घरदैलो सुत्केरी सवाको सुरुवात गरेको जनाएको छ । पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका बखत हुन सक्ने विविध समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । ‘घोषणा गरेर मात्र हुँदैन् त्यसलाई टिकाइ राख्नु महत्वपूर्ण पक्ष हो । त्यसैले हामी यो कार्यक्रम संचालन गरेका हौं,’ उनले भने । सुत्केरी भएको तीन तथा सात दिनको समयमा घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी कार्यक्रम सुरु गरिएको उनले बताए । आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलोमा सुत्केरी सेवा कार्यक्रम सञ्चालनका लागि दुई लाख विनियोजन गरेको छ । दूरीको हिसाबले दुई सयदेखि पाँच सयसम्म यातायात खर्च नर्सलाई दिने र सुुत्केरी अवलोकन गरी फाराम भरेर रिपोर्ट गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयमा बुझाउनुपर्ने गरी कार्यविधि समेत निमार्ण गरिएको छ । ‘सुत्केरीका लागि सेवा दिन जाने नर्सहरु तथा कर्मचारीहरुको लागि निदेर्शिका निमार्ण गरी काम गर्ने योजना बनाएका छौं,’ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले भने, ‘यसले सकारात्मक सन्देश दिनेछ ।’ सुत्केरीले स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गरेमा एक क्यारेट अण्डा उपलब्ध गाराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई कात्तिक ७ गते प्रदेश नं ५ मै ‘पूर्ण संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गरिएको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ५ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ एरा इन्टरनेशनल हस्पिटल सञ्चालनमा ‘वुमन स्क्वायड’ Kalpana Craft ट्रेण्डिङ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म