गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ गाउँपालिकाको नमुना काम, घरदैलोमा सुत्केरी सेवा गाउँपालिकाको नमुना काम, घरदैलोमा सुत्केरी सेवा हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक २६ गते, १०:०३ मा प्रकाशित बुटवल—प्रदेश नं ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेर पूर्वखोला खाउँपालिका पाल्पाले नयाँ अभियनको सुरुवात गरेको छ । गाउँपालिकाले ग्रामीण क्षेत्रका गर्भवती महिलाहरुले घरमै सुत्केरी गराउँदा हुने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्दै आएको छ । घरमा सुत्केरी गराउने संख्या शुन्य भएपछि पूर्ण संस्थागत सुत्केरी गराउने गाउँपालिका घोषणा भैसकेको गाउँपालिकाले यसलाई दिगो बनाउन घरदैलो सुत्केरी सवाको सुरुवात गरेको जनाएको छ । पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका बखत हुन सक्ने विविध समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । ‘घोषणा गरेर मात्र हुँदैन् त्यसलाई टिकाइ राख्नु महत्वपूर्ण पक्ष हो । त्यसैले हामी यो कार्यक्रम संचालन गरेका हौं,’ उनले भने । सुत्केरी भएको तीन तथा सात दिनको समयमा घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी कार्यक्रम सुरु गरिएको उनले बताए । आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलोमा सुत्केरी सेवा कार्यक्रम सञ्चालनका लागि दुई लाख विनियोजन गरेको छ । दूरीको हिसाबले दुई सयदेखि पाँच सयसम्म यातायात खर्च नर्सलाई दिने र सुुत्केरी अवलोकन गरी फाराम भरेर रिपोर्ट गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयमा बुझाउनुपर्ने गरी कार्यविधि समेत निमार्ण गरिएको छ । ‘सुत्केरीका लागि सेवा दिन जाने नर्सहरु तथा कर्मचारीहरुको लागि निदेर्शिका निमार्ण गरी काम गर्ने योजना बनाएका छौं,’ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले भने, ‘यसले सकारात्मक सन्देश दिनेछ ।’ सुत्केरीले स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गरेमा एक क्यारेट अण्डा उपलब्ध गाराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई कात्तिक ७ गते प्रदेश नं ५ मै ‘पूर्ण संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गरिएको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति TFN ट्रेण्डिङ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं