२०८२ साउन २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. वासुदेव पाण्डे : दिशाबाट लाग्ने रोगहरुबाट कसरी बच्ने ?

डा. वासुदेव पाण्डे : दिशाबाट लाग्ने रोगहरुबाट कसरी बच्ने ?


कुनै पनि व्यक्ति स्वस्थ्य हुनको निमित्त उसलाई स्वस्थ्य खानासँगसँगै सरसफाइको पनि विशेष आवश्यकता पर्दछ । खाना जतिसुकै ताजा भएतापनि व्यक्तिको सरसफाइको कमी नै उसको शरीरमा देखा पर्न सक्ने विभिन्न रोग तथा समस्याहरुको मुख्य जड बन्न सक्छ । त्यसैले व्यक्तिले आफ्नो खानपिन सँगसँगै सरसफाइमा पनि उत्तिकै ध्यान दिनु पर्दछ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा हालसम्म लगभग ५१ वटा जिल्लालाई खुल्ला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरिसकेको छ । तर, विडम्बना हालसम्म पनि दिसाको माध्यमबाट सर्ने सामान्य मानिने विभिन्न रोगहरुबाट कैयौं व्यक्तिहरु संक्रमित समेत भइराखेका छन्।

त्यस्ता व्यक्तिहरुमा दिसाकै कारण झाडापखाला, हैजा, रगतमासी, जुका, वान्ता, फुड पोइजन, टाइफाइड तथा हेपटाइटिस ए र ईजस्ता सानादेखि ठूला रोगसमेत देखा पर्ने गरेको पाइन्छ । यस अर्थमा हामीले के बुझ्नुपर्छ भने खुल्ला रुपमा दिसा बस्दा मात्र नभई सरसफाइका कमीका कारण पनि व्यक्तिमा समस्याहरु देखा पर्दछन् ।

कारणहरु

  • पानीको मुहान नजिकै शौचालय भएमा
  • शौच गरेर आएपछि हात राम्ररी नधोएमा
  • सरसफाइको कमी भएमा
  • बासी खाना खाएमा
  • फोहोर पानी

कसरी बच्ने दिसाबाट लाग्न सक्ने रोगहरुबाट

माथि उल्लेखित विभिन्न कारणहरुले हाम्रो शरीरमा पानी तथा हावाको माध्यमबाट दिसाका किटाणुहरु प्रवेश गर्दछ । शौच गरेर आएर राम्ररी हात नधोएर होस् वा पानीको माध्यमबाट । जुनसुकै माध्यमबाट भएपनि किटाणु हाम्रो शरीरमा प्रवेश गर्दा गरेपछि यसले विभिन्न किसिमका सानादेखि ठूलासम्मका रोगहरु निम्त्याउने गर्दछ । तसर्थ, यी समस्याहरुबाट बच्नको निम्ति हामीले विशेषगरी निम्न उपायहरु अपनाउनु पर्दछ :

  • सरसफाइमा विशेष ध्यान दिने
  • सफा र स्वच्छ पानी पिउने
  • पानी उमालेर वा फिल्टर गरेर मात्रै खाने
  • शौच गरेर आइसकेपछि साबुन पानीले राम्ररी हात धुने
  • खाना खानुअघि तथा पछि राम्ररी हात धुने
  • ताजा खानाहरु मात्र खाने
  • जथाभावी दिसा नबस्ने
  • बजारमा खुल्ला बेच्न राखिएका खानाहरु बहिष्कार गर्ने ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ