२०८२ मंसीर १६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतको औषधि व्यवसायी आन्दोलित

सुर्खेतको औषधि व्यवसायी आन्दोलित


वीरेन्द्रनगर – सुर्खेतका औषधि व्यवसायी आन्दोलित भएका छन् । सरकारले औषधि व्यवसायी विस्तापित हुनेगरी औषधि ऐन संसोधन गरेको भन्दै विरोध स्वरुप औषधि पसल बन्द गरेर आन्दोलनमा उत्रेका हुन् ।

लामो समयदेखि संसोधन नभएको औषधि ऐन संसोधनपछि पनि अव्यवहारिक भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् । औषधि ऐन २०३५ लाई सरकारले गत साउनमा संशोधन गरेको थियो ।

ऐनले व्यवसायीहरुको हकहितभन्दा पनि व्यवसाय धरासायी पार्ने गरेर आएपछि आन्दोलन गर्न बाध्य भएको औषधि व्यवसायी संघ सुर्खेतका संस्थापक अध्यक्ष किशोर रावलले बताए ।

‘गत १४ साउन ०८२ राजपत्रमा उक्त ऐन जारी गरे लगत्तैदेखि व्यवसायी आन्दोलनमा उत्रिएको हौं,’ उनले भने,‘हामीले पुरानो ऐन समयसापेक्ष भएन भन्दै सिङ्गै संशोधनको माग अघि सारेका थियौं । सरकारले दुई बुँदा मात्रै संशोधन गरेर हामीमाथि अझ अन्याय ग¥र्यो ।’

ऐनविरुद्ध नेपाल औषधि व्यवसायी संघ, नेपाल आयुर्वेद र पशुपंछी औषधि व्यवसायी संघले आन्दोलन गरिरहेका छन् ।

औषधि ऐन ०३५ को दफा ११ को उपदफा ५ खारेजीको माग अघि सारेरका छन् । संशोधित ऐनअनुसार औषधि पसल दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि नै सतप्रतिशत जरिवाना निर्धारण गरिएको र ३१औँ दिनसम्म पनि नवीकरण नगरेमा पसल स्वतः खारेज हुने प्रावधानले औषधि व्यवसायीहरुलाई पेशा संकटमा पारेको व्यवसायीहरुले बताएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ