२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन

स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन


भरतपुर—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन गरेकी छन् । आइतबार उनले भरतपुर अस्पतालको १५ शय्याको ट्रमा सेन्टरको उद्घाटन गरेकी हुन् ।

कुल ५० शय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शैय्या सञ्चालनमा आइसकेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवं औषधी सूचना केन्द्र समेत समुद्घाटन गरेकी हुन् ।

नयाँ ल्याबबाट विशेष बिरामीहरूको आवश्यकताअनुरुप औषधीको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरूमा सुधार आउने विश्वास लिइएको अस्पतालले लिएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ